एमाले महासचिव पोख्रेलाई पार्टी प्रवेश गराउन भ्याई नभ्याई

दाङ । नेकपा एमाले महासचिव शंकर पोख्रेललाई यतिबेला गृहजिल्लामा पार्टी प्रवेश गराउन भ्याई नभ्याई छ । नेपाली कांग्रे, नेकपा माओवादी केन्द्य्र, समाजबादीलगायतका पार्टीहरुबाट दिनदिनै एमाले प्रवेश गर्नेहरुको लर्कोछ ।
नेकपा एमाले दाङले आयोजना गरेको वैठकमा मंगलबार समाजवादीका जिल्ला सचिवालय सदस्य जगत श्रेष्ठ, मिनराज वली, हरिमान डाँगी एमाले प्रवेश गर्नु भएको छ । उहाँहरु सबै जिल्लाका अग्रज नेताहरु हुनुहुन्छ ।
यसैगरी नेपाली कांग्रेस परित्याग गरी घोराही १५ का गोकर्ण नेपाली, घोराही १३ का कृष्ण नेपाली, सुरेश नेपाली, पोषण नेपाली, कृष्ण नेपाली, मनोज नेपाली र घोराही १४ का सागर नेपाली पनि एमाले प्रवेश गर्नु भएको छ । उहाँहरु सबैले एमालेलाई निर्वाचनमा बिजयी बनाउने आफ्नो तर्फबाट पूर्णरुपले भूमिका खेल्ने बताउनु भएको छ । नवप्रवेशी सबैलाई एमाले महासचिव शंकर पोख्रेललगायतका नेताहरुले टिका, खादा लगाएर स्वागत गर्नुभएको थियो ।
यसैगरी एक अर्को कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मधु रिजालसहित एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराउनुभएको हो ।
त्यसैगरी माओवादी नेता तथा नाराययपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव दीपक सुवेदी, माओवादी केन्द्र घोराही ६ का सचिव प्रविण वली, माओवादी केन्द्र घोराही १९ का वडा कमिटी उपाध्यक्ष सुदिप सुनार, माओवादी घोराही नगर कमिटी सदस्य पूर्व जनमुक्ति सेना टोपबहादुर विक (शंकर), वाइसियल घोराही १९ का सचिवालय सदस्य रुकमान घर्ती मगर, नेकपा माले जिल्ला कमिटी सदस्य तथा २०७४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीत बहादुर वली, माले जिल्ला सदस्य मानवहादुर खनाललगायतका नेताहरु एमाले प्रवेश गरेको एमाले सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गर्दै नेताहरुले पार्टीमा व्यक्तिवादी प्रवृत्ती हावी भएको भन्दै पार्टी परित्याग गरेको जनाएका छन् । मुलुकको समृद्धि गर्ने पार्टी एमाले रोजेर पार्टीको अभियानमा जोडिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस