दाङ युवा मञ्चको विशेष साधारण सभा सम्पन्न!

दाङ । आज मिति २०७९ साल असोज २५ गते दाङ युवा मञ्चले घोराही स्थित ‘पौवा होटल’मा आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष समिर वलीको सभा अध्यक्षता र संस्थापक अध्यक्ष सविन प्रियासनको प्रमूख आतिथ्यमा दाङ युवा मञ्चले विषेश साधारणसभा सम्पन्न गरेको छ । यस्तै अन्य अतिथिहरु सुन्दर गौतम, इन्द्र बहादुर रावत , साजिदा सिद्दिकी र डा गिर रोदन महरा हुनुहुन्थ्यो।

दाङ युवा मञ्चले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ । समिर वलीको अध्यक्षतामा निम्ति कार्यसमिति गठन गरेको छ। उपाध्यक्ष निश्चल पोख्रेल, महासचिव शर्मिला खनाल, सचिव हिरा देवी बुढा , कोषाध्यक्ष जग्धिस घिमिरे, सह-कोषाध्यक्ष अभियान गौतम र सदस्यहरुमा कमल पुरी, विवेक ज्ञवाली, मिरा अधिकारी, पुर्णिमा अधिकारी, पुष्पा भुसाल, शिव राज सिहं ठकुरी, लुमाकान्त डाँगी, भेषराज सिहं चौहान , केशव रावत , मोहित बस्नेत र केशव गिरी हुनुहुन्छ। उक्त कार्यसमितिले नयाँ सल्लाहकारहरु चयन गरेको छ। संरक्षक सविन प्रियासन , वरिष्ठ सल्लाहकार भुपेन्द्र विक्रम थापा र सल्लाहकारहरुमा सुन्दर गौतम, रुपक थापा, साजिता सिद्दिकी र इन्द्र बहादुर रावत हुनुहुन्छ। प्रेस सल्लाहकारमा छवि पुरी हुनुहुन्छ।

उक्त अवसरमा दाङ युवा मञ्चले संस्थागत टिसर्ट र खेलकुद जर्सी समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस