दाङ । केही समय यता दाङको बंगलाचुलीमा कांग्रेस, माओवादीलगायतका पार्टीहरुबाट नेकपा एमालेमा सयौ नेता तथा कार्यकर्ताहरुको प्रवेश भैसकेको छ ।
सोमबार पुनः बंगलाचुली वडा नम्वर ३ बाट नेपाली कांग्रेसका हस्तीहरु एमाले प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस बंगलाचुली वडा नम्वर ३ का सचिव देबीराम जिसीको नेतृत्वमा त्यसक्षेत्रका क्रियाशिल व्यक्तिहरु एमाले प्रवेश गर्नु भएको छ । एमाले प्रवेश गर्नेहरुलाई एमाले सचिव मनोहर बुढाथोकी, नेता बलिभद्र रानालगायतकाले टिका, खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।
नेकपा एमालेको घोराहीस्थित पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा कांग्रेसबाट देबीराम जिसीको नेतृत्वमा पालसिंह जिसी, भिमबहादुर जिसी, पुनाराम जिसी, फनाधर जिसी, बसन्त जिसी, जीवन जिसी, तिलक जिसी, शुकराम जिसी, पदम जिसी, विमल वली, खिमान पुन, मुकेश राना, किसन कुवर एमाले प्रवेश गर्नु भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष पुष्प भण्डारीको अध्यक्षत्ता, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यता एवं दाङ क्षेत्र नम्वर २ क का उमेदवार बलिभद्र रानाको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले एमालेले नै यस क्षेत्रको समग्र विकासको नेतृत्व गर्न सक्ने धारणा राखेका थिए।
एमाले नवप्रवेशीहरुले एमालेले दाङको विकासको लागि नेतृत्वदायी भूमिका खेलि रहेको, भविष्यमा पनि एमालेले नै भूमिका खेल्न सक्ने भएकाले आफूहरु एमाले प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । पार्टीका नेता विष्णु अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नारायण भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण्ण एमाले घोराही नगर अध्यक्ष भुवन चौधरीले गर्नु भएको थियो ।
बंगलाचुली दाङको २ क अन्तगर्त पर्दछ । एमालेले महासचिव शंकर पोख्रेललाई २ को संघमा र नेता बलिभद्र रानालाई २ क प्रदेशमा सर्वसम्मत उमेदवार बनाएपछि बंगलाचुली र घोराही क्षेत्रमा सयौ व्यक्तिहरु एमाले प्रवेश गरिसक्नु भएको छ । पार्टीमा नवप्रवेशी सबैलाई विशेष जिम्मेवारी दिइने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।