दाङ । मंगोल नेशनल अर्गनाइजेसन लुम्बिनी प्रदेश सभा सदस्य घनश्याम चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।
उनले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
यस्तै,क्षेत्र नम्बर ३ “क” मा जान बहादुर पुन र क्षेत्र नम्बर ३ “ख” मा सुशील चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।