दाङ । आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ । यसको लागि असोज २३ गते उमेदवारी दर्ता गर्न टिकट पाएकाहरु तयारीमा जुटि रहेका थिए । तर विकासप्रेमी नेता बलिभद्र राना घोराही–१८ अम्बापुरमा कटुवा खोलाले गरेको क्षति अवलोकनमा होमिनु भएको थियो ।
घोराहीको अम्बिकेश्वरी मन्दिर भन्दा माथिल्लो भेगमा केही दिन देखि परेको अविरल वर्षापछि आएको बाढिले खेती योग्य जमीन बगाएको छ । त्यस क्षेत्रमा खेती योग्य जमीन मात्र बगेको छैन, सिचाईको लागि बनाइएको पक्की कुला पनि बगाएको छ । यसैगरी खाने पानीको संरचनालाई पनि बाढिले बिगारेको छ । स्थानीय जनताले बाढिका कारण सास्ती व्यहोरोको खबर पाउनासाथ उक्त क्षेत्रमा पुग्नु भएका नेता बलिभद्र रानाले त्यस क्षेत्रको अवलोकन मात्र गर्नु भएन उहाँले स्थानीय बासीकै अगाडी घोराही उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीलाई त्यहाँको अवस्थाको बारेमा जानकारी गराएर बाढि बाट भएको क्षतिलाई रोक्नका लागि उपमहानगरपालिकाले संरचना निर्माण गर्न अनुरोध गर्नुभयो । मेयर चौधरीले पनि तत्कालै पहिलो चरणमा गर्नु पर्ने काम आफूहरुले गर्ने प्रतिबद्धता जनाउनु भयो ।
दिग्गज व्यक्तिहरुको बसोबास रहेको उक्त क्षेत्रमा कटुवा खोलाले व्यापक कटान गरेको छ । दिर्घकालिन समस्या समाधानका लागि खोलाको छेउँमा पक्की वाल उठाउनु पर्ने भएकाले यसको लागि केन्द्रीय तहसम्म पहल गर्ने नेता रानाले स्थानीयबासीहरुसँग प्रतिबद्धता जनाउनु भएको छ । निर्वाचनको उमेदवारी दर्ता गर्ने दिनमा समेत आफूहरुको गुनासो सुन्न आएकोमा स्थानीयबासीहरु रानाको व्यवहारमा सन्तुष्ट देखिएका थिए । आफूहरुलाई यस्तै कामकाजी नेता चाहिएको गाउँलेहरुको भनाइँ थियो ।
विकासप्रेमी नेताकारुपमा आफूलाई चिनाउनु भएका बलिभद्र रानालाई यस पटक एमालेले दाङ क्षेत्र नम्वर २ को क बाट प्रदेश उमेदवार बनाएको छ । उहाँ सर्वसम्मत उमेदवार बन्नु भएको हो ।