दाङ क्षेत्र नम्वर ३ बाट कोमल वली निर्वाचन भिड्ने

काठमाडौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको छ ।

एमाले नेताहरुका अनुसार वलीले टिकट पाएकी हुन् ।

वलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस