दुव्र्यसनीमा फसेकालाई सचेतना संगै शुभकामना

दाङ । बडा दशै, शुभदिपावली तथा छठ पर्व २०७९ को अवसमा नयाँ पाईला पुर्नस्थापना केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तुलसीपुर १९ बिजौरीमा रहेको केन्द्रले आज लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई सचेतना संगसंगै शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर ओलीले घरपरिवारले नै बालबालिकालाई विशेष ख्याल गर्नु पर्ने बताउनुभयो । युवाहरुलाई लागु पदार्थको कुलतबाट बचाउनको लागि प्रहरीको मात्र एकल प्रयासले संम्भव नहुने भन्दै घरपरिवार, सामाजिक संघ संस्था र सिंगो समाज सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

बालबालिकाले कुलतको बाटो रोज्नुको कारण घर परिवारको निगरानी र हेरचाहमा ध्यान नपुगेको उहाँको भनाई छ । यस्तै तुलसीपुरका डिएसपी पुष्पराज मल्लले लागु पदार्थ सेवन, ओसारपसार, बेचविखनले आफ्नो भविष्य मात्र नबिग्रिएर यसको असर सारा समाजमा पर्ने बताउनुभयो ।

तुलसीपुर १६ का अध्यक्ष शिवानन्द डागी, १८ का अध्यक्ष माधब ओली, बन महासं दाङका जानका केसी, महिला सञ्जालका प्रतिनिधि, जनता संस्कृत माविका शंकर आषिश आचार्य, अखिल नेपालका सर्जन परियारले युवा पुस्ता दुव्र्यसनीमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । समाजलाई दुव्र्यसनी मुक्त गरउनको लागि आम नागरिक, अभिभावक चनाखो बन्नु पर्ने र उचित शिक्षासंगै ज्ञान दिनुपर्ने बताएका छन् ।

यस्तै निर्मला गौतम, द्रोण ओली, अरुण लहरे, बिदुर गौतम, डिल्ली रावत, माया श्रेष्ठ, साजिदा सिद्धिकी, शुसिल बस्नेत, दिप्तीशिखा चौधरी, रामप्रसाद चालिसे, निर्मल नेपाली लगायतले मानीसले हरेक दिन आफुले आफुलाई बुझ्नु पर्ने बताएका छन् ।

जानी नजानी बाटो बिराएकालाई समाजमा स्थापित गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका एसपी, ईलाका प्रहरी कार्यालय तुलसीुरका डिएसपी, नगर प्रमुख, उपप्रमुख लगायतलाई स्वागत एवंसम्मान गरिएको छ ।

नयाँ पाईला पुर्नस्थापना केन्द्रका सल्लाहकार शुष्मा गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता र उपप्रमुख श्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमा उपस्थित विभिन्न संघसंस्था, जनप्रनिधि, समाजसेवि, खेलाडी, व्यावसायी, पत्रकार, सुरक्षाकर्मीलगायतलाई मायाको चिनो प्रदान गरिएको छ । संस्थाका सल्लाहकार सुनिल कुमार पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकीका अहेब यज्ञ केसीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस