घोराही–१८ रानी जरुवा गाउँ बन्यो एमालेमय

दाङ । मुलुकको समृद्धि र विकास नेकपा एमालेले मात्र गर्न सक्ने भन्दै दशैको मुखमा घोराही–१८ रानी जरुवाका ८५ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । मंगलबार रानी जरुवा गाउँमा आयोजित कार्यक्रममा युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्वर २ को क मा सर्वसम्मत उमेदवार बन्नु भएका नेता बलिभद्र रानाले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्नु भएको हो।

कांग्रेस, माओवादीमा आबद्ध सबै युवाहरु एमालेलाई निर्वाचनमा बिजयी बनाउन कटिबद्ध भएर लाग्ने जनाउँदै एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्ने सबैले मुलुकलाई सही तवरले एमालेले मात्र नेतृत्व गर्न सक्ने भएकाले आफूहरु एमाले प्रवेश गरेको बताएका थिए । सो अबसरमा बोल्दै नेता बलिभद्र रानाले एमाले समाज र मुलुक बनाउन अगाडी बढेकाले एमालेको सरकारले समृद्धि र विकासलाई सही तवरले नेतृत्व गर्ने बताउनुभयो ।

एमाले सरकार हुँदा नेपालको स्थिति राम्रो भएपनि गठवन्धन सरकारले मुलुकलाई कंगाल बनाउँदै लगेको बताउनुभयो । एमालेलाई विश्वास गरेर युवाहरुको ठूलो जमात पार्टी प्रवेश गरेकोमा स्वागत गर्दै उमेदवार रानाले युवाहरुको आकंक्षा अनुसार आफूहरु अगाडी बढ्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रानाले आफूले पहिले देखि नै विकास निर्माणका कामहरु गर्दै आएको बताउँदै आफ्नो उमेदवारी यस क्षेत्रको व्यवस्थित विकास र समृद्धिका लागि भएको बताउनुभयो । युवाहरुलाई यही बसेर राम्रो रोजगारको व्यवस्था एमाले सरकार बनेमा गर्ने प्रतिबद्धता जाहेर गर्दै उमेदवार रानाले युवाहरु ढुक्क भएर एमालेको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

वडा पार्टी कमिटीका अध्यक्ष रामबहादुर घर्तीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि एमाले नेता भरतमणि अर्यालले यस क्षेत्रको समग्र विकासमा एमालेले नेतृत्व गरिरहेको र अब पनि गर्ने बताउनुभयो ।

सो अबसरमा एमाले युवा नेता बिबेक श्रेष्ठले युवाहरुको प्रवेशले एमाले थप बलियो भएको चर्चा गर्नुभयो । कार्यक्रममा एमाले दाङ क्षेत्र नम्वर २ क का सचिव कृष्णउत्तम घर्तीलगायतको सहभागिता थियो । सो अबसरमा उत्तम घर्ती मगर, आशिष न्यौपाने, सन्देश पुन, सन्तोष पुन, दिवाकर घर्ती, सर्जन कुमार भण्डारी, अर्जुन कुमाल, मुक्ती घर्ती, अनिल खड्का, धिरज रोका मगर, सागर घर्ती मगर, सुरज रोका मगर, शितल घर्ती मगर, कमरा घर्ती मगर, आकाश घर्ती, रतन घर्ती, सुरज रोका, दिलिप पुन मगर, मिलन बुढा मगर, बिरेन्द्र रोका मगर, बिबेक कैला, अनिल बुढा, नविन गुरुङ, बादल चौधरी, भुवन खड्का, सुशिल ठकुरी, आकाश सुनार एमाले प्रवेश गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।

यसैगरी अर्जुन सुनार, शरद परियार, हेमन्त वली क्षेत्री, विकास गुप्ता, सागर राणा, बिजय अधिकारी, गोविन्द जिसी, रामजित बुढा, दिपक पुन, जयराज थापा मगर, दिपेन्द्र पुन मगर, तेजेन्द्र थापा मगर, मिलन पुन मगर, राजन घर्ती मगर, सुर्य घर्ती मगर, महेन्द्र विश्वकर्मा, विशाल चौधरी, धनबहादुर दसौदी, सन्तोष परियार, अशोक नेपाली, कृष्ण कुमाल, बिजय चौधरी, कमल घर्ती, मिलन पुन, अशोक मगर, आकाश घर्ती, हिमाल घर्ती, बले पुन, संयोग महर्जन, करण नेपाली, सगुन जिसी, विकास घर्ती, विकल्प रोका, कृष्ण सुनार, भुगोल कुवर, मन्दिप गिरी, समराट जिसी, अमित घर्ती मगर, बिजय विक, दिनेश केसी, श्रीधर कुमाल, विशाल बुढाथोकीलगायतका युवाहरु एमाले प्रवेश गर्नु भएको हो । एमाले प्रवेश गर्ने युवाहरु घोराही क्षेत्रमा कांग्रेस, माओवादीलगायतका राजनीतिक दल र अन्य विभिन्न सामाजिक कार्य र पेशाव्यवसायमा आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस