विद्यार्थी नेता खनालद्वारा जन्मदिनको अवसवमा रक्तदान

दाङ । अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष खनालले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । जीवन मरन भनेकाे एउटा सत्य घटना हाे । हामीले यस्लाई न राेक्न सक्छौ न बदलन नै सक्छौ । जन्म पछि मृत्युु सबैको निश्चित छ । ३ कुरा मानिसमा फरक-फरक हुने गर्दछ उदेश्य, विचार र गन्तव्य यी कुराले नै मान्छेकाे जीवन बदल्न सक्छ । हिजाे गरेकाे कामकाे कसैले मुल्यांकन गर्दैन तर आज गरेकाे कामकाे सबैले मुल्यांकन गर्छन् त्यसैले हिजाे गरेका कामहरु बिर्सनुहाेस् र आज राम्रो काम गर्नुहाेस् खनाल बताउछन् ।

तुलसीपुर ११ उरहरीमा बसोबास गर्दै आएका खनाल समाजिक कामहरुमा निकै रुचि राख्ने व्यक्ति कै एक पर्दछन् । उनी अहिले १९ वर्ष पूरा भई २० वर्षमा पाइला टेकेका छन्। सानै उमेर देखि खनालको पत्रकारीता गर्ने रुचि भएकोहुदा उनी १८ बर्षकाे हुदा नै “अनलाइन टिभी पत्रकार संध दाङ जिल्ला सदस्य” संगै प्रेस चाैतारीमा पनि आबद्ध रहदै आएका छन् ।

पत्रकारीता काे सिडि चड्ने क्रममा उनी १९ बर्षकाे उमेयरमा नेकपा एमालेकाे भातृ संगठन “अनेरास्ववियु ” जसले विद्यार्थीकाे हक हितकाे लागि लड्ने गर्छ विद्यार्थीकाे आवाजलाई माथि सम्म ढाेका ढक्ढकाउने गर्छ र समाजमाहुने विभिन्न खालका विकृति काे विरुद्धमा आवाज उठाउने काम गर्छ त्यस संगठनमा उनी आबद्ध रहदै आएका छन्। खनाल २०७५ सालमा घर नजिकै गाउँमा रहेकाे चन्द्राेदय विध्या कुञ्ज बाेडिङ स्कुल देखि एस्.ई.ई पास गरि तुलसीपुरमा रहेकाे हिमाल एकेडेमी देखि २०७७ सालमा उत्तीर्ण भएका थिए । पढाइ ससंगै उनी समाजीक कामहरु पनि उत्तिकै चासो देखाउदै आएका छन्।

प्रतिक्रिया दिनुहोस