दंगिशरण १ मा माओवादी इन्चार्ज खड्का सहित कमिटी नै एमालेमा समाहित

दाङ । दंगिशरण गाउँपालिका १ मा माओवादी केन्द्रको वडा कमिटी एमालेमासमाहित भएको छ ।

आज एक समारोहका बिच एमालेका केन्द्रीय सदस्य घणश्याम पाण्डे र कोमल ओलिले वडा इन्चार्ज युवराज खड्का सहित २४ जना संगठित सदस्यलाईएमालेमा प्रवेश गराउनु भएको हो ।

दंगिशरण गाउँपालिका कमिटि सचिवालय सदस्य समेत रहेका १ नम्बर वडा इन्चार्ज खड्कासगै अर्का गाउँपालिका सदस्य धर्मराज खड्का समेत एमालेमा प्रवेश गर्नुभएको छ । वडा कमिटि सचिव चेतबहादुर खड्का,सदस्यहरू झग्गु डाँगी,बलिराम चौधरी,एकलाल वलीसहित ३४ जना वडा कमिटी सदस्य एमालेमा प्रवेश गरेको एमालेका वडा कमिटी अध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसका सक्रिय सदस्य सुरज परियार,टेकबहादुर घर्ती र भुपबहादुर घर्ती पनि आजै एमालेमा प्रवेश गर्नुभएको छ ।

सो अवसरमा एमालेकि केन्द्रीय सदस्य नेतृ कोमल ओलिले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उनले ५ दलीय गठबन्धन ठगबन्धनमा रुपान्तरण भएको भन्दै त्यसको औचित्य समाप्त भएको दाबी समेत गर्नुभयो।

त्यसैगरि अर्का केन्द्रीय सदस्य घनश्याम पाण्डेले विकास,समृद्धि,सुशासन र समाजिक न्यायको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनु भयो ।

नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष हुकुम बस्नेतले पार्टीमा प्रवेश गर्नेहरूलाई बिना संकोच उचित जिम्मेवारी दिइने र चुनावी महाअभियानमा नेकपा एमालेको पक्षमा एकाकार भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस