olux

यहि असोज २२ गते देखि २८ गते सम्म फोक्सुण्डो पद यात्रा हुने

डोल्पा ९, असोज । नेपालको सवैभन्दा गहिरो निर्जिव फोक्सुण्डो ताल सम्म फोक्सुण्डो पद यात्रा गरिने भएको छ । सामाजिक अभियान्ताहरुको संस्था साथ साथै नेपालको आयोजनामा देशका विभिन्न क्षेत्रका चर्चित व्यक्तीहरुको सहभागीतामा फोक्सुण्डो ताल सम्म पैदल यात्रा गरिने भएको हो । जलवायू परिर्वतनले पारेको असर र पर्यटन पर्वद्धनका विषयमा पैदल यात्रा संगै छलफल अध्ययन अनुसन्धान गरिने आयोजनक संस्थाले जनाएको छ ।

नेपालका विभिन्न विषयका विज्ञहरु संगै चर्चित गीत संगीत कर्मी,चलचित्र कर्मी,पत्रकार,महिला अधिकारकर्मी,जलवायु तथा वन्यजन्तु संरक्षण विज्ञ सहितको सहभागीतामा हुने फोक्सुण्डो पदयात्रामा डोल्पाका सम्पुर्ण क्षेत्रका नेतृत्व तथा व्यक्तीत्वहरुलाई सहभागीता जनाई आफ्नो जिल्लाको धार्मिक,सँस्कृतिक,प्राकृतिक भौगोलीक महत्वको विषयमा जानकारी गराई प्रचारप्रसार गर्न शे फोक्सुण्डो गाउँपालिका डोल्पाका उपाध्याक्ष पोम्मा वाङछेन गुरुङले आग्रह गरेका छन । यो बर्ष फोक्सुण्डो ताल सम्माको पैदल यात्रा गरिने र अर्को बर्ष शे गुम्मा धो उपत्यका सम्म पैदल यात्रा गर्ने र डोल्पा संगै नेपाललाई विश्व सामु स्वच्छ जलवायु साथै मनोरम पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर विदेशी पर्यटक भित्राउने आयोजक संस्थाको उदेश्य रहेको उपाध्यक्ष गुरुङले बताए ।

झट्ट हेर्दा वाई आकारको देखि अनि मानव अंग फोक्सो आकारको देखिने फोक्सुण्डो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाईमा पर्न थालेको छ । समुद्रीक सतह देखि ३९०० सय मिटर उचाईमा रहेको फोक्सुण्डो तालको गहिराई १४५ मिटर रहेको छ तर यस तालको गहिराई अझै बढ्न सक्ने पनि समय समयमा बहस गर्ने गरेको पाईन्छ । कुनै पनि सर्जिव प्राणी नपाईने निर्जिव फोक्सुण्डो ताल सुन्दर स्वच्छ पानी रहेको छ । देशकै बिज्ञ र चर्चित व्यक्तीत्वहरुको सहभागीता रहने फोक्सुण्डो पैदल यात्रामा आम डोल्पालीरुले साथ सहयोग अनि यहाँको विविध विषयमा छलफल आदानप्रदान गर्नु डोल्पालाई प्रचारप्रसार गर्न अझ बजबुत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस