दाङ । नेकपा एमाले दाङले जिल्लाका तीन वटै संघ र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना उमेदवारलाई बिजयी बनाउनका लागि विशेष अभियान सुरु गरेको छ । नेकपा एमाले दाङको शुक्रबार घोराहीमा बसेको पूर्ण वैठकले निर्वाचन लक्षित देशै अघिसम्मका लागि विशेष अभियान पनि सञ्चालन गर्ने भएको छ । यहीक्रममा वैठकमा एमाले दाङले निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न र सबै गाउँटोल, वडाहरुमा एमाले प्रतिको जनलहर बढाउनका लागि जिल्लाका दशै पालिकाका पार्टी अध्यक्ष, इञ्चार्ज र नेताहरुलाई पार्टीको झण्डा, देशको झण्डा र एमालेको निर्वाचन चिन्ह भएको सूर्यको झण्डा वितरण गरेको छ ।
नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षत्तामा सम्पन्न वैठकमा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इञ्चार्ज नरुलाल चौधरीले नेताहरुलाई झण्डा वितरण गर्दै अब आउने निर्वाचनमा सबै क्षेत्रमा अत्यधिक मतले बिजयी बनाउन सक्रिय भूमिका खेल्न निर्देशन दिनु भएको थियो ।
वैठकलाई सम्बोधन गर्दै नेता चौधरीले दाङ अनि सिंगो मुलुक नेकपा एमालेमय भएको चर्चा गर्दै एमालेलाई कुनै पनि हालतमा कसैले अब सरकारमा जानबाट रोक्न नसक्ने ठोकुवा गर्नुभयो । स्थानीय तहको निर्वाचन भन्दा पनि दोव्वर मत एमालेले संघ र प्रदेशको निर्वाचनमा प्राप्त गर्ने चर्चा गर्दै नेता चौधरीले वर्तमान कामचलाउ सरकार अनि गठवन्धन राष्टिूयतलाई कमजोर बाउने जनजीवीकालाई अस्तव्यस्त बनाउने कार्यमा लागेको आरोप लगाउनु भयो । सो अबसरमा नेकपा एमालेका केन्दीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमले एमालेको जनलहर देखेर सत्ता पक्ष आत्तिएको र अनेक तिगडम गरेर एमालेलाई बदनाम बनाउन लागि परेको आरोप लगाउनुभयो । एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेयले जनता एमालेलाई जिताउन आतुर भएको र एमालेले मात्रै देशको विकास गर्ने ठोकुवा गर्नुभयो ।
नेकपा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको वैठकमा पालिका अध्यक्ष, तथा प्रतिनिधि अनि विभिन्न विभागका प्रमुखहरुले अहिलेसम्म भए गरेका गतिविधिहरुको बारेमा रिर्पोटिङ गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । वैठकले दशै अगाडी निर्वाचन लक्षित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
जस अन्तगर्त असोज ९ गते अनेरास्ववियु, राष्टिूय जनसांस्कृतिक महासंघ दाङ, लोकतान्त्रिक राष्टिूय अपांग संगठन दाङको जिल्ला भेला असोज १० गते अनेम संघको पालिका स्तरीय भेला, असोज ११ गते प्रेस चौतारीको जिल्ला भेला, असोज ११ गते नेपाल किसान महासंघको पालिकाहरुमा वडा कमिटी भेला, जिफन्टको जिल्ला भेला, नेपाल राष्टिूय उद्योग व्यवसाय महासंघको पालिका स्तारीय भेला, नेपाल बुद्धिजीवी परिषद्को क्षेत्र स्तरीय भेला तथा अधिवेशन, असोज १२ गते रिटर्नी फेडेरेशन नेपालको भेला, नेपाल मुस्लिम इत्तेहाद संगठनको पालिका स्तरीय भेला, असोज १३ गते नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको पालिकास्तरीय भेला गर्ने, असोज १४ गते लोकतान्त्रिक थारु संघ, पेशागत महासंघ, नेपाल खेलकूद महासंघ, नेपाल भूमिहिन सुकुम्बासी संगठनको भेला गर्ने, असोज १५ गते मानव अधिकारी तथा सामाजिक न्याय मञ्च, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियशन, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन, लोकतान्त्रिक मगर संघको कार्यक्रम गर्ने, असोज १५ गते नै निर्वाचन क्षेत्र समन्वय कमिटीको वैठक तथा भेला गर्ने, असोज १६ गते पालिका कमिटीको वैठक गर्ने, असोज १७ गते संघीय निर्वाचन क्षेत्र समन्वय कमिटीको वैठक गर्ने निर्णय गरेको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
वैठकले असोज २३ गते हुने उमेदवारी मनोनयन कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यसैगरी निर्वाचन परिचालन कमिटी पनि वैठकले गरेको छ । वैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो ।