डोल्पामा म्यादी प्रहरीको लागि ९ सय ४१ जनाले फारम भरे, १२ कक्षा उतिर्ण दुई जना मात्र

डोल्पा, ७ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदश सभा सदस्य निर्वाचनको लागि डोल्पा जिल्लामा ९ सय ४१ जनाले म्यादी प्रहरीको लागि फारम भरेका छन । करिब ६ सय जनाको आबश्यक सिटको लागि महिला २५१ जना र पुरुष ६९० जना गरि जम्मा ९ सय ४१ जाले म्यादी प्रहरीमा फारम भरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिए ।
प्रहरी निरिक्षक क्षेत्रीका अनुसार जिल्ला प्रहरी कार्यालय डोल्पामा म्यादी प्रहरीको लागि साधारण लेखपढ गर्ने ९ सय ७ जना, एस.एल.सी उतिर्ण ३२ जना र कक्षा १२ उतिर्ण २ जनाले म्यादी प्रहरीको लागि फारम भरेका छन । यस्तै १८ बर्ष देखि २० बर्ष उमेर समुह तर्फ २४७ जना, २० बर्ष देखि ३० बर्ष उमेर समुह ५०१ जना, ३० बर्ष देखि ४० बर्ष उमेर समुहका १६५ जना र ४० बर्ष दखि ५४ बर्ष उमेर समुह तर्फ २८ जनाले म्यादी प्रहरीको लागि फारम भरेका छन ।
आउदो मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि डोल्पा जिल्लामा हाल म्यादी प्रहरी सिट संख्या नतोकेता पनि अन्दाजी ६ सय जना आबश्यक हुन सक्ने यसको लागि केहि दिन भित्र पत्र आउने निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले बताए । यहि असोज ९ गते देखि १४ गते सम्मा विभिन्न समुह चरणमा,शारिरिक परिक्षण, स्वस्थ्य परिक्षण,लिखित परिक्ष सम्पन्न हुने र अन्तिम नतिजा भने असोज २५ गते सार्वजनिक गरिने म्यादी प्रहरी छनौट तालिकामा उल्लेख छ ।
स्थानीय तहको निर्वाचन भन्दा पनि संघ र प्रदेश निर्वाचको लागि अत्याधिक मात्रामा म्यादी प्रहरीको लागि रुची देखाईएको पाईएको छ । बढ्दो बेरोजगारी र विगतका निर्वाचनमा भोट हाल्दा केहि पनि परिर्वतन नदेखिए पछि धेरैजसोले एक महिनाको लागि भए पनि म्यादी प्रहरीमा फारम भरेको बताएका छन । आफ्नो मताधिकार प्रयोग गरेर मत हालेका नेतृत्वबाट खासै कुनै पनि परिर्वतन छैन हामी किन भोट हाल्ने भन्ने म्यादी प्रहरी हुन पुगेकाहरुको आक्रोस थियो । म्यादी प्रहरीको अवधी ४० दिनको रहेको छ । म्यादी प्रहरीको लागि डोल्पा जिल्ला भित्र लगाएत विभिन्न छिमेकी जिल्लाहरुबाट सहभागी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाल जनाएको छ ।                 

प्रतिक्रिया दिनुहोस