सुपर लघुवित्तको कामू सीईओ चौधरी पुनः पक्राउ

काठमाडौं । दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुद्धिराम चौधारी पक्राउ परेका छन् । एक महिनासम्म पनि मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै प्रहरीले उनलाइ पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अदालतसमक्ष पेश गरिएको दाङका प्रहरी प्रमुख एसपी विरेन्द्र ओलीले जानकारी दिए ।

लघुवित्तमा आर्थिक अनियमिता गरेको आरोपमा संस्थाका अध्यक्ष किरण चौधरी सहितका व्यक्तिहरु फरार रहेका छन् । संस्थामा नक्कली ऋणी खडागरेर संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष चौधरीलाई खोजि गरिरहेको छ ।

केही समय अघि कामू सीईओ चौधरी तारेखमा छुटेका थिए । सो लघुवित्तलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस