दाङ बन्यो प्रदेश स्तरिय एथलेटिक्स च्याम्पियन

दाङ । नवौ राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेश स्तरिय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै दाङ जिल्ला च्याम्पियन भएको हो ।

त्यस्तै ६ स्वर्ण,४ रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितिय हुदा कपिलवस्तु जिल्ला ४ स्वर्ण,४ रजत र २ कास्य पदक हात पार्दै तृतिय भयो । त्यस्तै बाके जिल्ला ३ स्वर्ण, १४ रजत र ३ कास्य पदकका साथ सान्त्वना भयो । यसैबिच छ्नोट प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष पाल्पी चौधारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा बिजेता जिल्ला तथा खेकाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

दाङकी निशाको लङजम्पमा नयाँ रेकर्ड

दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छ्न् । नवौ राष्ट्रिय खेलकुद अन्तरगत दाङको बेल्झुण्डीमा भएको प्रदेश स्तरिय छनोट प्रतियोगितामा उनले १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ प्रतियोगितामा बनाएको ५. ४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५. ५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।

तुलसिपुर नगर स्तरको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागीता जनाएकी निशाले ट्रयाक तर्फ छोटो दुरिको १००/२०० मिटर दौड र फिल्ड तर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । बिधालय स्तरको सामान्य प्रशिक्षण बाट आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेकी निशाले एक पछि अर्को सफलता हात पार्दै गैइन्।

उनी जिल्ला, प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकि थिईन । आफ्नै कृतिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस