युवाहरूलाई सिर्जनशीलातामा लाग्न नेता महतोको आग्रह

बर्दिवास । नेकपा एमालेका युवा नेता शंकर महतोले युवालाई सिर्जनशीलतामा लाग्न उत्प्रेरित गर्नुपर्ने बताएका छन् ।

आफ्नो तह र तप्काबाट युवालाई सिर्जनशीलतामा लाग्न उत्प्रेरित गर्नुपर्ने उनले बताएका हुन् । बिना सिर्जनशीलाताले उत्पादनमा ह्रास आउने उनको बुझाई छ ।

‘बिना सिर्जनशीलाताले जीवन सजिलो हुँदैन । नत कुनै परिवर्तन गर्नमा भूमिका खेल्न सक्छ । त्यसले उत्पादनमा ह्रास आउँछ,’ युवा नेता महतोले आफ्नो फेसबुकमा लेखेका छन् ‘त्यो हुन नदिनका लागि लाग्नुपर्ने स्थानमा लागौं । जुट्नु पर्ने स्थानमा जुटौं। कसरी सिगो समाजलाई माथि उठाउन सकिन्छ, भन्ने सोचका साथ एक आपसमा सहयोग आदानप्रदान गरौं ।’

नेता महतो महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका प्रस्तावित उम्मेदवार हुन् । उनको टिकट समेत करिबकरिब निश्चित भईसकेको एमाले नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस