सरस्वती मा.बि दुनै डोल्पाको ४५ औँ बार्षिकोत्सव उद्घाटन,विभिन्न ब्यक्तीत्वलाई सम्मान

डाेल्पा ५ असोज । डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा रहेको सरस्वती माध्यामिक बिधालय दुनै डोल्पाको ४५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको छ । आज जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढा र ठुलीभेरी नगरपालिका नगरप्रमुख श्ववर्ण कुमार बुढाले कार्यक्रमको उद्घाटन गरेका हुन ।
सरस्वती माध्यामिक विधालय दुनै डोल्पाले ४५ औँ बार्षिकोत्सवको अवसरमा गत शैक्षिक सत्रमा कक्षा उतिर्ण गरेका विभिन्न कक्षाका विभिन्न स्थानमा नतिजा ल्याउने विधार्थीहरुलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको छ । यस्तै विधालयले ४५ औँ बार्षिकोत्सवको अवसरमा सरस्वती मावि दुनैबाट पठनपाठन गरि उच्च शिक्षा हासिल गरेका नेपाल सरकारका विभिन्न तहतप्कामा पुगेका आफ्ना पुराना विधार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागी अभिभावक विधार्थीलाई सरस्वती माध्यामिक विधालयका प्रधानाध्यापक सत्यानारायण सिँहले आर्थिक बर्ष भित्र विधालयमा भएको आम्दानी तथा खर्च विवरण अन्य विधालयको भौतिक तथा व्यवस्थापकिय अवस्था,शैक्षिक अवस्था लगाएतका बारेमा जानकारी गराएका थिए । आगामी दिनमा विधालयलाई थप व्यवस्थीत र विधार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्नको लागि हरदम लागि पर्ने प्रधानाध्यापक सिँहले प्रतिबद्धता जनाएका छन ।
सदरमुकाम दुनैमा अवस्थीत सरस्वती माध्यामिक विधालयमा कक्षा ६ देखि कक्षा १२ सम्म शिक्षा तर्फ र ३ बर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ प्राविधिक धार तर्फ अध्ययन अध्यापन भैरहेको छ । सदरमुकाम दुनैमा रहेकोले विधालयलाई आगामी दिनमा थप व्यवस्थीत गर्दै नयाँ नयाँ प्रविधि सहित शैक्षिक गतिविधिलाई सुचारु गरिने बिधालय व्यवस्थापन समितिका अध्यक्ष मन बुढाले बताए । आफ्नो अघिल्लो कार्यकालमा प्राविधिक धार तर्फको पठनपाठन संचालन भएको अनि अन्य व्यवस्थापन गरेको विव्यस अध्यक्ष बुढाले बताए । अध्यक्ष बुढा केहि महिना पहिले दोस्रो कार्यकालको लागि र्निविरोध अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै ठुलीभेरी नगरपालिका डोल्पाका नगर प्रमुख श्ववर्ण कुमार बुढाले सरस्वती माध्यामिक विधालयलाई ४५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन । विधालयलाई जिल्लाकै नमुना विधालय बनाउन र शैक्षिक व्यवस्थापन गर्न विधालय प्रशासन र व्यवस्थापनलाई नगर प्रमुख बुढाले शुभकामना साथै निर्देशन दिएका छन ।
यस्तै जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख तेजेन्द्र बहादुर बुढा, प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी लगाएतका जिल्लाका विशिष्ट व्यक्तीहरुले सरस्वती माविलाई शुभकामना व्यक्त गरेका छन । विभिन्न सँस्कृतिक कार्यक्रम सहित संचालन भएको कार्यक्रम विहिवार सम्म संचालन हुने सरस्वती माध्यामिक विधालय दुनैले जनाएको छ ।                                                                   

प्रतिक्रिया दिनुहोस