प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा अधिकारकर्मीले विश्व शान्तिको आह्वान गरेका छ्न । मानव अधिकार तथा शान्ति समाजले युद्ध निषेध शान्ति बिशेषलाई अनुशरण गर्न आग्रह गरेको छ । दिवसका अवसरमा रुस युक्रेन युद्ध अन्त्यको घोषणा गर्न माग गरिएको छ । शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले २०४ दिन भन्दा बढी दिन बिति सक्दा समेत युद्ध जारी रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।
शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपालीले युद्धले कसैलाई फाइदा नहुने बरु क्षती हुने बताउनु भयो।
कार्यक्रममा दाङ शाखा सल्लाहकार तेज बहादुर कार्की, पत्रकार उमा भण्डारी, अपाङताको क्षेत्रमा काम गर्दै आउनुभएका हुमाकान्त कडेल लगायतले बोल्नुभएको थियो ।
समाजका उपसभापति कोमल डिसीको सभापतित्वमा प्रदर्शन कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिब अमृत प्रसाद शर्माले गर्नुभएको थियो । यसै सन्दर्भमा शान्ति समाजले काठमाडौ स्थित रुसको राजदुतावास अगाडि प्रदर्शन र विभिन्न शाखाहरुले प्रदर्शन गरेका छ्न । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन ।