दाङ, दंगीशरण । संविधान दिवसको दिन दाङको दंगीशरण १ मा एउटा नयाँ युवा कलव स्थापना भएको छ ।
जिल्लाको दंगीशरण १ बाँकीका युवाहरु मिलेर ड्रिम्स युवा कलव स्थापना गरेका छन् । समाजमा रहेका विकृतीलाइ निर्मुल गरि शान्तीको वातावरण निर्माण गर्ने उद्देश्यले कलव स्थापना गरिएको बताइएको छ ।
आज संविधान दिवसको दिन गठन गरिएको २५ जना सदस्य भएको कलवको अध्यक्षमा अविसेक डाँगी चयन भएका छन् । त्यस्तै उपाअध्यक्षमा बालकृष्ण डाँगी, सचिव सुनिता वली, सह-सचिव कमल बि.क, कोषाअध्यक्ष पुकार वली र सदस्यहरूमा गोपाल बि.क, कविता भण्डारी, दिनेश भण्डारी , सुधा बस्नेत , सुमन नेपाली ,खेमराज वली ,जमुना बस्नेत , दिपक बस्नेत अर्जुन केसी , सरिता वली , डिला वली , प्रवीण बस्नेत , किरण डाँगी आदि रहेका छन् । त्यसैगरी कलवको सल्लाकारमा माधव बि.क रहेका छन्।
अब तत्कालको लागी कलवले कानुनी रुपमा जिल्ला प्रशासन कार्यालय दाङमा गई दर्ता प्रक्रियामा जाने अध्यक्ष डाँगीले बताएका छन् । उनका अनुसार अब दशै बिशेश खेलकुद कार्यक्रम राखी युवामा भएका हरेक किसिमका विकृतीहरुलाई विस्तारै निर्मुल पार्ने र त्यसको लागी विभिन्न क्षेत्रबाट सहयोगको अपिक्षा राखेका छन् ।