कालो संविधान जलाऔं

पछिल्ला घटनालाइ मात्रै लिन्छु
३३ कुइन्टल सुन गायब !
निर्मला बलात्कारी संरक्षण !
होलीवाईनको तमास !
एनसेललाई ६३ अर्व मिनाहा !
वाईडबढी ६ अर्व भ्रष्टचार !
सुमार्गीको २३ अर्व फुकुवा!
मौलिक धर्म, परम्परा, संस्कृति मास्न गुठि बिधेयक !
स्व राजा विरेन्द्रको सबै सम्पत्ति यतिलाई !
हेलिकप्टरबाट बोकेर देशको केक काटेर भोज !
७० करोड गोकुल बचाउ !
रु २ को माक्स कोरोना काल्मा रु ५६ मा बिक्री !
स्वास्थ्यको अर्वौको ठेक्का सिधै ओम्नीलाई !
आफुसँग दुई तिहाइ हुँदा अन्य पार्टी फुटाउने बिधेयक ल्याउने !
सांसद अपरहण !

ऐन विपरित ६ अर्व भत्ता बाढ्नु !
१८ अर्वको विलासि गाडी खरिद !
रास्ट्रपति लाई ४ अर्वको हेलिकप्टर !
अर्वौको ठुला आयोजनाहरू सबै सेटिङ !
३ बर्षमा २७ पुल भाचिए, भासिनु !
कुलमान हटाएर सालो ल्याउनु !
राष्ट्रिय गौरवको योजनामा blacklisted एजेन्टलाई सिईयो बनाइनु !

३ बर्षे कुशासनमा एसिया कै भ्रष्ट कहलिनु!
१० खर्व बैदेशिक ऋण थपिदिनु!
गित गाँउदा गायक पक्रिनु!
लेखकले लेख्दा पक्रिनु !
कुलपती बिदेश जादा पक्रिएर थुन्नु !
दुर्गममा अस्पताल माथी खेल गर्नु !
गरिबको सन्तान डाक्टर बनाउ भन्ने डा केशी प्रती अपमान गर्नु !
चितवन माडी, झापा दमक र कमलका सुकुम्बासी बस्तीहरूमा डोजर र आगो लगाउनु ! आफैले सिलान्यास गरेको रास्ट्रिय बिभुती फाल्गुनन्द सभागृहलाई दमक सभागृहमा बदल्नु ! आदिबासी रंगशालालाई अर्कै नाम दिन खोज्दा हुल्दुङ्गा उठे पछि बजेट रोक्नु !

अनी केही जोर नचले पछी रंगशाला दमक सार्नु !
MCC संसदमा टेबुल नगर्दा सभामुख महरा जाकिनु !
MCC पास गर्दा चुँइक्क नबोल्नु !!
अग्नि सापकोटाको सभामुख कालमा ९/९ महिना संसद बन्द गर्नु !
पार्टीमा छलफल नै नगरी अबैधानिक रूपमा जनताको नासो संसद २/२ पटक बिघटन गर्नु !

अबैध सत्ता टिकाउन भारत फकाउदै भारतिय भान्जाभान्जीलाई बंशज नागरिकता दिलाउने अध्यादेश हिजो आफै अद्यावधिक गर्नु र आज टकटकीए र पन्सिन खोजे जस्तो गर्नु !
गिटी बालुवा भारत निकासी अध्यादेश ल्याउनु !
सम्बिधान जलाउने राजेन्द्र महतोलाई १५ मन्त्री बनाएर दुनियाको जोकर सरकार कहलिनु !

जादाजादै अन्तिम बैठकबाट स्मार्ट टेलिकमलाई ६ अर्व छुट र बिर्तामोडको सरकारी जमिनको गिरिबन्धु टि-स्टेट २ अर्व कमिसनमा बिक्री गरि स्थानन्तर गर्न अनुमती दिनु …..
अहिले बिपक्षमा रहदा जनताको सार्वभौम संसद अबरूद्ध गरेर असक्षमता र गैरजिम्मेवारि प्रदर्शन गर्नु!
४० महिने कुशासनमा किसानलाई मल, बिउ दिन नसक्नु !
सुकुम्बासीले १ चप्परी जमिन नपाउनु !
किशान मजदुरको बेवास्था गर्नु !
एम अधिकारि गाएब गराउनु !
यति मात्रै हैन हजुर
एक्छिन फर्किम पुन:
एकदलिय व्यवस्था पनि नरुचाउने,शासन गर्न पनि नसक्ने , बहुदलिय व्यवस्थामा आफू बाहेक अर्को दलले शासन गरेको देखिनसहने, आफैले दुइतिहाईको दुर्लभ र ऐतिहासिक अवसर पाउँदा उम्लेर भुइँ न भाँडामा हुने, धेरै राजनीतिक दल मिलेर बनाएको सरकारलाई सधैं सराप्ने, अदालतमा जानै नपर्ने विषय अदालत पुर्‍याउन वाध्य पार्ने, अदालतलाई विवादमा ल्याउन भाषणको वाक्यै पिच्छे ‘परमादेशी’ विशेषण प्रयोग गर्ने, उत्प्रेषणे काउँरेटको लिला बास्तवमै ताज्जुब लाग्दोछ !

बोल्नै पर्दछ यो कालो संविधान र
यसका पादरिहरु बिरुद्द

आज तिमीहरूले ल्याएका गणतन्त्रले कसैको भान्सामा भेज र ननभेजको रुटिङमात्र ल्याएको छ।भारतीय विस्तारवाद भन्ने हरु आज सत्ता को लागि प्रभुका चरणमा समर्पित छन।साम्राज्यवादी अमेरिका आज हितैसि भएको छ। स्वदेशि लोकल रक्सि पोखेर बिदेशी रक्सिको बजार बिस्तार गर्ने हरु माहान नेता भन्न परेको छ ।कृषिको आधुनिकिकरण गरेर होला चामल प्रभुका देसहरुले ट्रेलरमा ओसार्न परेको छ।राष्ट्रको मझेरि खनेर बिदेशी को बलेँसि पुर्नेहरु स्वदेशी हुन ?? नागरिकता बिधेयक मा गरेको जाल र एमसिसि मा गरेको राष्ट्र घात नै गणतन्त्रवादी का मुख्य लक्ष्य रहेछन भनेर अब झुक्किनु पर्दछर ??

अझै छन कुरा

यो कक्टेल लेख हो किनकी आज देसमा आलोपालो चलेको छ न काङ्ग्रेस न कमलिस त्यसैले यो कक्टेल लेख हो !

निर्वाचन हारेर पनि अध्यक्ष आफै हुनुपर्ने र जस्लाई प्रधानमन्त्री बनाउने भनेर निर्वाचनमा गएको हाे उसबाट साे पद प्रशासनिक सहारामा सांसद् हुनपुगेकाले लगत्तै दानबकसमा पाउनुपर्ने भन्ने लाेभीपापीलाइ निर्वाचनमा जान भन्दा प्रतिगमन गरेकाे भन्दै सेटिङमा परमादेस ल्याउनेहरु अहिले मुटुमा मुड्की बजार्दै ४ गतेकाे काल पर्खिराछन्। मुङ्सिर ४ गते जनताले टुङ्गो लगाइहाल्छन् नि ।किन यस्तो राेइलाे आफ्नो मानाे खाएर। मतदाताले यी सबैलाइ चिनेकै छन् क्यारे हैनर ??
एक्छिन कुर्लिम्न !

झण्डा बोक्नु र नबोक्नुले साचो देश प्रेम देखाउदैन ..देश प्रेम के हो त्यो त सिमानामा बसेर तातो गोली छातीमा थाप्न तयार धोती भन्ने मधेषका जनतालाई शोध र हिमालको -0 डिग्रीमा बसी सिमाना रूग्ने भेडे भन्ने भोटका भोटे जनतालाई शोध ।

राजधानीको एसोआराममा बसेर जनताको रगत पसिनाले तिरेको कर लुट्न तछार मछार गर्ने चुसे किर्नाहरूको देश प्रेम मज्जाले देखि सकियो बारम्बार । यो यहि कालो संबिधानको उपज होकि हैन ??

स्मरणरहोस्

यो मुलुकलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली गर्दै हिड्ने नेपाली राजनीतिमा कोही छ भने त्यो प्रचन्डे हो । आफूलाई जनयुद्धको नायक सम्झनेले यो पनि बुझ्न जरूरी छ कि सोभियत क्रान्तिको नायक लेनिन, चिनियाँ क्रान्तिको नायक माओ, भियतानाम क्रान्तिका नायक होची मिन्ह, उत्तर कोरियाका नायक किम ईल सुङ्ग, क्वुबा क्रान्तिका नायक फिडेल क्यास्ट्रोले जनवादी क्रान्तिलाई तँ आतंककारी ले जसरी विदेशी पुँजीवादी र साम्राज्यवादी शक्तिहरुको अगाडि सुम्पेनन ।

उनीहरुले सर्वहारावादी साँस्कृतिक क्रान्ति गर्दै जनवादलाई ती मुलुकहरुमा स्थापित गरे । तँ मात्रै यस्तो लाल गद्दार होस तेरो जन्म जसले दश बर्षे कथित जनयुद्धलाई भारतीय विस्तारवादको पाउमा लगेर विसर्जन गरिस वा गरिनन आफैं सम्झनु ।

त्यसैले ती महान् जनक्रान्तिका नायकहरुसँग तँ हत्याराको तुलना हुनसक्दैन् । शोषक, सामन्तीवर्गको मुद्दा उठाएर जनवादी क्रान्तिको कुरा गर्दै जनतालाई राजतन्त्रको बर्खिलाफमा उभ्याएर आज यो मुलुकको राष्ट्रियता भारतीय विस्तारवादी शक्तिको अगाडि झुकाएर तैंले लेन्डुप दोर्जेको भूमिका निर्वाह गर्दैछस कि हैन ? यदि हैन भन्छस भने केपि ओलिले जारी गरेको चुच्चे नक्शा को जमिन खै आज ? यस्ता तेरा लाखौं कुकार्यको जवाफ जनताले तँ जस्ता देशद्रोहीलाई अब आउने निर्वाचनमा दिने नै छन । हुनत राज्यको ढुकुटी लुटि चुनाब त जित्लास तर नेपाली जनताको हरेक घर किनेर तिन्को भाँचिएको मन अब किन्न संभब छैन भ्रस्ट दलाल यो नबिर्सनु ।

पंचायतकाल मा काङ्ग्रेस र कम्निस्ट लाइ बिदेशी को दलाल र अराष्ट्रिय तत्त्व भनिन्थ्यो। त्यति बेला बुझ्न सकिएन र कम्मुनिष्ट बनियो। आज बल्ल थाहा लग्यो अराष्ट्रिय तत्व को रहेछ भनेर !!
तर हनुमान मा परिणत हामि जनता यस्ता चौकीदार हरुलाई राजनेता , जननेता मानेर पुजा गर्न नै व्यस्त छौ। छि हाम्म्रो चेतना को स्तर !!

अन्त्यमा

ब्यबस्थापिका सकेउ , कार्यपालिका सकेउ , न्यायपालिका सकेउ , उधोग कलकारखाना भएका बेचेर सकेउ , न सडक गतिलो छ न पुल पुलेसा , न हस्पिटल , न सिक्षा , न स्वास्थ न रोजगार ! आफैं भन यो संबिधानले दिएको सन्तुष्टि राज्य दोहन बाहेक के हो ??
कुकुर- विरालाेजस्ताे सधै झगडा गर, जनहितका बिषयमा कहिल्यै संसदमा बहस नगर । भएका युबा जति जम्मै कौडिको भाउना खाडी मा बेच , अनि सबै मिलेर एक स्वरले उच्च आवाजमा भन-संसदीय लाेकतन्त्र जिन्दाबाद। संसारकै उत्कृष्ट संविधान र व्यवस्था- अमर रहाेस। क्या गतिला मान्छे, नेता र पार्टी हामीहरु।
अनि भन असोज ३ जिन्दाबाद !!
थुक्क नेपाली तेरो कर्म !!

खतिवडा योगेन्द्र

प्रतिक्रिया दिनुहोस