आत्महत्या रोकथाम तथा न्यनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न,डाेल्पामा ९ जनाले गरे आत्महत्या

असोज २ डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाको आयोजनामा आत्महत्या रोकथाम तथा न्यनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व आत्महत्या दिवसको अवसरमा सदरमुकाम दुनै बजारमा जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनधि,सामुदायीक विधालयहरुका विधार्थी,शिक्षक,सुरक्षाकर्मीहरुको सहभागीतामा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरुलाई विश्व र नेपालको आत्महत्याको अवस्था, आत्महत्या कस्ताकस्ता समस्याले गर्ने गर्दछन र यसलाई कसरी रोकथाम तथा न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएको थियो । आफ्ना चाहाना पुरा गर्न नपाएको,पारिवारी अवस्था,बढ्दो बेरोजगार,गरिबि,जनचेतनाको कमी,आधुनिक प्रविधिको गलत प्रयोगले प्रायः जस्तो आत्महत्या हुने गरेको अध्ययनले देखाएको छ ।

पछिल्लो समय डोल्पामा पनि आत्महत्या गर्ने र प्रयास गर्ने पाईएको छ । आ.व ०७१।७२ देखि हाल सम्ममा जिल्लाका विभिन्न स्थानीय तहमा गरि जम्मा ९ जनाले आत्महत्या गरेका छन । डोल्पामा आ.व. ०७१।७२ मा एक महिला एक पुरुष गरि २ जना, आ.व. ०७२।७३ मा १ जना, आ.व. ०७३।७४ मा एक महिला एक पुरुष गरि २ जना, आ.व. ०७४।७५ मा १ जना, आ.व. ०७५।७६ मा १ जना, आ.व. ०७६।७७ मा १ जना, आ.व. ०७७।७८ मा एक महिला एक पुरुष गरि २ जनाले आत्महत्या गरेका छन । आ.व ०७८।७९ देखि हाल सम्म कुनै पनि आत्महत्याको घटना नभएको तर यो अवधीमा ३ जनाले आत्महत्याको प्रयास गरेको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी निरन्जन थापाले बताए । डिएसपी थापाका अनुसार ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका बाट आत्महत्याको घटनाहरु आउने गरेका छन । यस्तै शेफोक्सुण्डो गाउँपालिका, काईके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकाबाट हाल सम्म कुनै पनि घटना दर्ता नभएको डिएसपी थापाले जानकारी दिए ।
माथिल्लो डोल्पाका स्थानीय तहहरुमा आत्महत्याका घटनाहरु पनि हुन सक्ने तर पोस्टमाटम र प्रहरीको डरले बाहिर आउन नसकेको हुन सक्ने भन्दै आत्महत्या सम्बन्धी समस्यालाई न्यूनकरण गर्न उक्त स्थानहरुमा जनचेतनामुलक कार्यक्रम गर्नुको साथै अध्ययन अनुसन्धान आवश्यक रहेको जिल्ला अस्पताल डोल्पाका चिकित्सक शाखा प्रमुख डाक्टर अखण्ड उपाध्याल बताए । आत्महत्या जस्तो गम्भीर समस्या पछिल्लो समयमा केहि कम हुदै गाएता पनि यसलाई रोकथाम तथा न्युनिकरण गर्न सम्बन्धीत सम्पुर्ण सरोकारवाला निकाय लागि पर्नु पर्ने आवश्यक रहेको डाक्टर उपाध्याले बताए ।

आत्महत्या मुल समस्यालाई रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानीय तहहरुमा, सामाजिक स्थलहरुमा र सामुदायीक विधालयहरुमा विभिन्न किसिमका जनचेतानामुलक कार्यक्रमहरु गर्नु पर्ने जिल्ला समन्वय समिति डोल्पा प्रमुख श्याम बहादुर रोकायाले बताए । यस्ता कार्यक्रममा गर्न सवैको समन्वय सहकार्य आवश्यक रहेको प्रमुख रोकायाको भनाई छ । यस्तै आत्महत्या जस्तो संवेदनसील विषयलाई रोकथाम तथा न्यूनिकरण गर्न सवै निकायलाई विभिन्न कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले आग्रह गरेका छन । प्रहरी कार्यालय डोल्पाले गरेको कार्यक्रम उत्कृष्ट रहेकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको प्रजिअ अधिकारीले बताए ।                                                           

प्रतिक्रिया दिनुहोस