डोल्पा बुद्ध सेवा केन्द्रको रजत महोत्सव सम्पन्न

डोल्पा – डोल्पाको सदरमुकाम दुनै बजारमा रहेको डोल्पा बुद्ध सेवा केन्द्रले आफ्नो स्थापना कालको २५ बर्ष पछि रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सदरमुकाम दुनै बजारमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुलाई लक्षीत गरि स्थापना गरिएको डोल्पा बुद्ध सेवा केन्द्रले केन्द्रीय गुम्बा बनाएको थियो ।

केन्द्रीय गुम्बा तथा डोल्पा बुद्ध सेवा केन्द्रका संस्थापक खेम्पो मेल्ला फुन्चो गुरुङले संस्थाको अस्थापनाकाल देखि हाल सम्म भएगरेका गतिविधिका बारेमा प्रतिवेदन पढेर जानकारी गराएको थिए । छार्का घर भै बुद्ध फेलोसोफीमा मास्टर डिग्रि अध्ययन गरेका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले सदरमुकाम दुनै बजारमा केन्द्रीय गुम्बा स्थापनाले धार्मिक ज्ञान बाड्नुको साथै पर्यटकहरुलाई आर्कषन गर्ने थलोको रुपमा रहेको बताए ।

कार्यक्रममा बौद्ध निमासम्प्रदायको खेन्टुल कार्मासाम्पो रिम्पोछे र बोन धर्माका विश्वको दोस्रो प्रमुख लामा मेन्री पोन्लोब  रिम्पोछे साथै काईकेको पुनर जन्म लिएका पार्ले टुल्कु लामाले बौद्ध मन्त्र पढेर शुभकामना दिएका थिए । यस्तै डोल्पो बुद्ध सेवा केन्द्रको रजत महोत्सवको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी लगाएतका व्यक्तीहरुले शुभकामना प्रदान गरेका थिए ।

डोल्पा बुद्ध सेवा केन्द्रको रजत महोत्सवको अवसरमा बौद्धधर्मावलम्बीहरुको भाषामा तयार गरेको डोल्पो केन्द्रीय गुम्बाको ईतिहास समेटिएको किताब बिमोचन गरि सहभागीहरुलाई वितरण गरिएको छ । रजत महोत्सव सफल पार्न साथ सहयोग गर्ने सदरमुकाम दुनै आसपासमा बसोवास गर्ने बौद्ध धर्मावलम्बीहरुलाई र प्रमुख अतिधि,विशेष अतिथि लगाएत सहभागी सवैलाई डोल्पा बुद्ध सेवा केन्द्रका अध्यक्ष शेर बहादुर बुढाले धन्यवाद व्यक्त गरेका छन । बौद्ध धर्म फरक भाषा फरक संस्कृतिको भएता पनि यसले फरक धर्मका व्यक्तीहरु संग पनि आत्मीयता साटासाट गर्ने थलोको रुपमा विकास हुने विश्वास रहेको अध्यक्ष बुढाको भनाई छ । कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । केन्द्रीय गुम्बा स्थापनाकालमा जग्गा दान गरि सहयोग गर्ने र अन्य बिशेग ब्यक्तिलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियाे ।                   

प्रतिक्रिया दिनुहोस