सूचनाको हकको लागि राष्ट्रिय महासंघ डोल्पा शाखा गठन अध्यक्षमा शाही

डोल्पा –  सूचनाको हकको लागि राष्ट्रिय महासंघ डोल्पा शाखा गठन गरिएको छ । विहिवार सदरमुकाम दुनैमा एक कार्यक्रम गरि १५ सदस्य सूचनाको हकको लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति डोल्पा गठन गरिएको हो । डोल्पा जिल्लामा क्रियाशील पत्रकारहरुको भेलाले पत्रकार टेक बहादुर शाहीको अध्यक्षतामा जिल्ला कार्य समिति डोल्पा गठन गरिएको छ ।

अन्तरिम संविधान २०६३, सुचनाको हक सम्बन्धी ऐन २०६४,सुचनाको हक सम्बन्धी नियामावली २०६५ र नेपालको संविधान २०७२ मा व्यवस्था भएको सूचनाको हकको व्यवहारीक रुपमा कार्यन्वयनमा देखिएको समस्यालाई नागरिक स्तरबाट सहजीकरण गर्ने अभिप्राय स्वरुप स्थापना भएको सुचनाको हकको लागि डोल्पा जिल्लामा पनि सुचनाको हकको लागि राष्ट्यि महासंघ जिल्ला कार्य समिति डोल्पा गठन गरिएको हो ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति डोल्पाको अध्यक्ष टेक बहादुर शाही, उपाध्यक्षमा रामचन्द न्यौपाने, सचिवमा लेख बहादुर बुढा, सहसचिवमा आनन्द सिँह रावल, कोषध्यक्षमा गायत्री शाही, सदस्यहरुमा सरोज थापा, मेनुका बुढा, सुकमाया थापा, मंगला बुढा, भक्त बहादुर सार्की, लाल बहादुर बुढा, प्रेम थापा, विनिता शाही, पूर्ण बहादुर सार्की, मिलन शाही जिल्ला कार्य समितिमा रहेका छन ।
यस्तै सल्लाहकारमा विष्णुलाल बुढा, विष्णुप्रसाद देवकोटा, कमल बहादुर बुढा, बालकृष्ण डाँगी, योगेन्द्र बुढा, बबिकिशोर गुरुङलाई सल्लाहकार समिति चयन गरिएको छ ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति डोल्पाले नागरिकको सुचनाको हक सुनिश्चितताको लागि जिल्लामा रहेका विभिन्न सरकारी निकाय संग समन्वय गरि नागरिकलाई सुसुचित गराउने र जिल्लाका अन्य गैर सरकारी निकाय संग समेत समन्वय गरि सुशासन कायम गरिने सूचनाको हकको लागि राष्ट्रिय महासंघ डोल्पाका अध्यक्ष टेक बहादुर शाहीले बताउनु भयो । अध्यक्ष शाही जैतुन अनलाइनका सम्पादक र ग्यालेक्सी फाेर के का संवाददाता हुन ।

प्रतिक्रिया दिनुहोस