अनधिकृत संरचना हटाउन कोटेश्वरमा फेरि चलायो महानगरले डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो ।

सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ।

प्रतिक्रिया दिनुहोस