बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक मुम्बईमा भेटिए

बुटवल । बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक भारतको मुम्बईमा भेटिएका छन् ।

शुक्रबार विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क विहिन बनेका थिए।

सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको परिवार जानकारी दिएको प्रहरीले बताएको छ । बालकहरु कसरी त्यति टाढा पुगे भन्ने बारे स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।

तिनै बालकले शनिबार आफुहरु मुम्बईको रेलमा रहेको बताएपछि नजिक रहेका लम्सालका बुबा पुगेर उनीहरुलाई लिएको बताइएको छ ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस