काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समन्वय समिती गोर्खा आयोजनामा आज सदरमुकाम स्थिती पार्टी कर्यलय मा २१औं वासु–बैरागी स्मृति दिवस सम्पन्न भएको छ । शहिद स्मृति भवनमा आयोजित एक समारोह बीच सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी)को सम्झनामा दिवस मनाइएको हो ।
केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण घिताल ‘विजय” ले स्वर्गिय बासु र बैरागीको तस्बिर माल्यापण गर्दै उहाँ हरु को योगदान को चर्चा गर्नु भ्यको थ्यो।
यस्तै कार्यक्रम मा केन्द्रिय सदस्य तथा भुमि आयोग गोर्खा को अध्यक्ष कमला नहर्की, केन्द्रिय सदस्य लेख बहादुर थापा, जिल्ला सम्मन्य उप-प्रमुख लिला परियार,
अखिल किसान महासंघ गण्डकी प्रदेस इन्चार्ज र केन्द्रिय सल्लाहकार राम बहादुर ढकाल, कृषि बन प्रदेस सदस्य साबित्रि थापा, धना तमु – प्रदेश सदस्य , प्रेस सेन्टर का केन्द्रिय सदस्य अभिषेक अर्याल, किसान महासंघ जिल्ला संयोजग राम बहादुर खड्का लगायत को उपस्थिति थियो ।
तत्कालीन माओवादी पार्टीका पोलिट व्युरो सदस्य सुरेश वाग्ले र नेता भीमसेन पोख्रेलको २०५६ साल भदौ २३ गते आजैका दिन पार्टी कामको सिलसिलामा हिँडिरहेका बेला प्रहरीले गोली हानी हत्या गरेको थियो । तत्कालीन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका रुपमा मनाउँदै छ ।
गोरखाको पालुङ्गटारस्थित रातडाँडा भन्ने गाउँमा २०१० साल भदौ २४ गते पिता भोजराज वाग्ले र माता दुर्गादेवीको कोखबाट जन्मिएका बासु प्रहरीबाट मारिने तत्कालीन नेकपा माओवादीका सबैभन्दा उच्चस्तरीय नेता हुन्