नुवाकोट । पत्रकार माधवप्रसाद तिवारी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नुवाकोटबाट उम्मेदवार बन्ने भएका छन् । नेकपा एमाले नुवाकोटको क्षेत्र नं. २ को क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि उनको नाम सिफारिस गरेपछि तिवारी उम्मेदवार बन्ने भएका हुन् ।
बैठकले पत्रकार तिवारीसहित नारायणप्रसाद खतिवडा, केशवराज पाण्डे, विष्णु लोहनी र रामशरण प्याकुरेलको नाम सिफारिस गरेको छ । खतिवडा नुवाकोट क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ विजयी सांसद समेत हुन् ।
त्यस्तै समानुपातिकतर्फ नेता महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्तीको नाम सिफारिस गरिएको नेकपा एमाले नुवाकोट क्षेत्र नं. २ समन्वय समितिका सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।