दाङ क्षेत्र नम्वर २ बाट एमाले महासचिव पोख्रेल निर्वाचन भिड्दै

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निवार्चन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको लागि निर्वाचन उठ्नु हुने भएको छ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्वर २ ले आइतबार महासचिव पोख्रेलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।

क्षेत्र नम्वर २ का संयोजक अमरबहादुर खड्काको अध्यक्षत्ता एवं नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महासचिव पोख्रेललाई आउँदो मंसिर ४ गते हुन लागि रहेको निर्वाचनमा उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो।

क्षेत्र नम्वर २ निर्वाचन परिचालन किमिटीका उपसंयोजक भोजराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दोर्ण वहकरीले गर्नु भएको थियो । सो अबसरमा यस क्षेत्रका सबै जसो एमाले नेताहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले यस अगाडी दाङ क्षेत्र नम्वर २ क मा प्रदेशसभामा अत्यधिक मतले बिजय प्राप्त गर्नु भएको थियो । यस पटक प्रदेश क मा एमालेले बलिभद्र रानालाई उमेदवार बनाउने भएको छ ।

दाङको विकासको सन्दर्भमा थुप्रै काम गर्नु भएका महासचिव पोख्रेलले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनेलगायतका दिर्घकालिन विकासका थुप्रै कामहरु यस अवधिमा गर्नु भएको छ । जसले गर्दा उहाँको जीत निश्चित् जस्तै भएको सर्वसाधारणहरुको चिया गफमा पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस