चुनाव नजिकै गर्दा कांग्रेसमा गयो पहिरो, चर्चित नेता बुद्विप्रकाश एमालेमा प्रवेश

दाङ,देउखुरी । आगामि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कांग्रेसमा हतको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा पहिरो गएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन यहि मंसिर ४ गते हुन लागेको हो।

नेकपा एमालेको नीति र नेतृत्वलाई स्वीकार गर्दै नेपाली कांग्रेस राप्ती गाउँपालिकाका चर्चित नेताहरु मुल घर एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि चित्रम चौधरी सहित कांग्रेसका नेता बुद्विप्रकाश चौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

कांग्रेसका नेता चौधरीलाई एमाले पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य गंगा थारु, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतले पार्टी प्रवेश गराउनु भएको हो ।

नव प्रवेशी बुद्धिप्रकाश चौधरीले नेपाली कांग्रेसले सहिद आफ्नो बुवा श्रीनारायण चौधरीलाइ अपमान गरेको, अहिलेसम्म सहिदको प्रमाणपत्र दिन नसकेको बताउनु भयो । कांग्रेसले अपमान जनक व्यवहार गरेकाले न्यायको लागि एमाले पार्टी रोजेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस