डाेल्पा- नेकपा एमाले डाेल्पाले प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षकाे लागि नेकपा एमाले डाेल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढा लाई सिफारिस गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश निर्वाचनकाे लागि आज डाेल्पा प्रदेश (क) निर्वाचन समन्वय कमिटीका संयाेजक बिष्णु बहादुर राेकायाकाे अध्यक्षतामा बसेकाे प्रदेश सभा क निर्वाचन समन्वय कमिटी बैठकले बुढालाई एकल उम्मेदवार सिफारिस गरेकाे हाे । यसअघि २०७४ सालकाे निर्वाचनमा बुढा जिल्ला समन्वय समिति डाेल्पाका समन्वय प्रमुख निर्विराेध निर्वाचित भएका थिए ।
यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट समानुपातिक तर्फबाट बिष्णु बहादुर राेकाया,प्रिमा कुमारी शाही,प्रेमलाल बि.क लाई सिफारिस गरिएको छ ।
यसैबिच प्रदेश ख मा धेरैले आकांक्षा राखेकाेले आन्तरिक छलफलकाे लागि आईतवार बिहाना १० बजे सम्मकाे लागि बैठक सारिएको प्रदेश सभा निर्वाचन समन्वय कमिटी ख का संयाेजक आङ बहादुर लामाले बताए ।
संघीय निर्वाचनको उम्मेदवार छनाैटकाे लागि आईतबार जिल्ला कमिटीको बठैक बस्ने नेकपा एमाले जिल्ला कमिटी सचिव लंक बहादुर राेकायाले जानकारी दिए ।