डोल्पामा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना लागु हुने

डोल्पा – डोल्पा जिल्लामा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना लागु हुने भएको छ । वन हर्ट वल्र्डवाईड को सहयोगमा महिला सशक्तीकरण केन्द्र डोल्पाको साझेदारीमा उक्त कार्यक्रम संचालन हुने भएको हो । परियोजनाले डोल्पाका विभिन्न स्थानीय तह संग साझेदारी गरि मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा सुदृढीकरण सम्बन्धी कार्यक्रम संचालन गर्ने छ ।

आईतबार जिल्लाका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई वन हर्ट वल्र्डवाईड का प्रतिनिधि र महिला सशक्तीकरण डोल्पाका प्रतिनिधिले परियोजनाका बारेमा जानकारी गराएका छन । परियोजनाले स्थानीय सरकारले गाउँ तथा नगर सभाबाट पारित स्वास्थ्य सम्बन्धी कार्यक्रममा पचास प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गर्ने, मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा सुदृढीकरणका लागि विभिन्न खालका समुदाय स्तरमा जनचेतनामुलक तालिम गोष्ठीहरु संचालन गर्ने उदेश्य रहेको वन हर्ट वल्र्डवाईड केन्द्रीय कार्यक्रम संयोजक बबिता बिन्दुले जानकारी दिनु भयो । उहाँका अनुसार यो कार्यक्रम कर्णाली प्रदेशका सुर्खेत बाहेक ९ जिल्लामा यहि सन २०२२ देखि २०२४ सम्म लागु हुने बताईएको छ ।

उक्त कार्यक्रम महिला सशक्तीकरण केन्द्र डोल्पाले हाल सम्म भएगरेका गतिविधिका बारेमा र वन हर्ट वल्डवाईड परियोजनाको कार्यक्रम तथा उदेश्यका बारेमा परियोजना सल्लाहकार रण बहादुर कार्कीले जानकारी गराउनु भएको थियो । यस परियोजनाले डोल्पाका विभिन्न स्थानहरुमा स्थानीय सरकारको साझेदारीमा वर्थीङसेन्टर निर्माण गर्नुका साथै विभिन्न स्वास्थ्य सम्बन्धी प्राविधिकि सहयोग गर्ने छ । डोल्पाका आठ स्थानीय तहमध्य कुन कुनमा लागु गर्ने भन्ने बारेमा हाल एकीन भएको छैन । सवै स्थानीय सरकार संग छलफल गरि कार्यक्रम लागु गरिने वन हर्ट वल्र्डवाईड डोल्पा जिल्ला संयोजक रीना कुलालले जानकारी दिनु भयो ।

डोल्पा जस्तो दुर्गम जिल्लामा यो कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताउनु भयो । उहाँले परियोजनालाई सफलताको शुभकामना दिनु भएको छ । यस्तै परियोजनालाई प्रभावकारी बनाउन डोल्पाका सम्पुर्ण स्थानीय सरकार संग समन्वय गर्ने भुमीका खेल्ने जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस