काठमाडौं । नेकपा एमालेका नवनियुक्त चार केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी दिइएको छ । शुक्रबार सुरू भएको बैठकमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराउनुभएको थियो ।
मनोनीतमध्ये जीवन गौतम र बृजेशकुमार गुप्ता लुम्बिनी प्रदेशको सहइन्चार्जमा मनोनीत हुनुभएको छ भने अमृत राजबंशी झापा जिल्ला सहइन्चार्ज र धर्मदत्त देवकोटा बागमती प्रदेश सहइन्चार्जमा मनोनित हुनुभएको छ ।
जीवन गौतम र धर्मदत्त देवकोटा माओवादी केन्द्रीय सदस्यबाट एमालेमा प्रवेश गर्नुभएको हो भने पूर्वसांसद राजवंशी कांग्रेसबाट र सांसद बृजेश गुप्ता मधेशवादी दलबाट एमाले प्रवेश गर्नुभएको हो ।