तुलसीपुरमा हुनलागेको तिज विषेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा

दाङ । दाङको तुलसीपुरमा हुन लागेको तिज बिशेष कार्यक्रमको तयारी पूरा भएको छ । यही भदौ १० र ११ गते तुलसीपुरको अरणीको मैदानमा तिज बिशेष स्वागत तथा सम्मान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् ।

‘लागु औषध दुव्र्यसनी त्यागौं, खुसीयाली जीवन विताऔं’भन्ने नाराकासाथ कार्यक्रम सञ्चालन हुन लागेको हो । लागु औषध दुव्र्यशनी अन्त्य गर्ने हेँतुले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक तेज वलीले बताए ।

उनका अनुसार जित ग्रुप अफ कम्पनी प्रालि र थ्रिडी वाल नेपाल सप्लायर्सले उक्त कार्यक्रमको आयोजना गरेका हुन् । त्यस्तै सह आयोजकमा ड्रिम वाटर एण्ड लज, डिजिटल फोरुम नेपाल र सयपत्री दोहोरी घर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस