डोल्पोबुद्धमा शैक्षिक क्षेत्र सुधारका लागि नीतिगत सम्वाद कार्यक्रम सम्पन्न

डोल्पा – डोल्पाको डोल्पोबुद्ध गाउँपालिका भित्रका स्थानीय सरोकारवाला निकाय संग शैक्षिक क्षेत्र सुधारको लागि नीतिगत संवाद गरिएको छ । डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष पेम्मा दोर्जे गुरुङको अध्यक्षतामा युरोपियन यूनियनको आर्थिक सहयोग, प्लान ईन्टरनेश्नलको साझेदारी र स्याक नेपालको समन्वयमा डोल्पोबुद्ध गाउँपालिका भित्रका जनप्रतिनिधि,शिक्षा क्षेत्रमा चासो राख्ने विभिन्न निकायका स्थानीय प्रतिनिधि सामुदायीक विधालयको शैक्षिक क्षेत्र सुधारका लागि नीतिगत सम्वाद सम्बन्धी छलफल भएको हो ।

उक्त कार्यक्रममा समावेसी गुणस्तरीय लैङ्गिक समान्ता,अपांगता शिक्षा सम्बन्धी नीति, वालसंरक्षण नीति, शैक्षिक योजना निर्माण र कार्यन्वयनका साथै स्थानीय भाषामा पाठ्यक्रम निर्माण गर्नु पर्ने बिषयहरुमा छलफल भएको स्याक नेपाल डोल्पाको कार्यक्रम संयोजक सशी पाण्डेले जानकारी दिनु भयो । आगामी दिनमा शैक्षिक योजना निर्माण र वाल संरक्षण नीति निर्माण गर्ने,स्थानीय भाषमा पाठ्यक्रम निर्माण गर्नको लागि गाउँपालिकाको तर्फबाट विशेष पहल गर्ने डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष पेम्मा दोर्जे गुरुङले सकरात्मक धारण राखेको संयोजक पाण्डेले बताउनु भयो । स्याक नेपालले डोल्पाका ६ वटा स्थानीय तहका विभिन्न सामुदायीक विधालय र समुदायमा शैक्षिक गतिविधि गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस