olux

डोल्पामा २२ हजार ९ सय ६६ मतदाता

 

डोल्पा – डोल्पा जिल्लामा २२ हजार ९ सय ६ मतदाता रहेका छन । गत बैशाख ३० गतेको स्थानीय निर्वाचन सम्पन्न पछि जिल्लामा ५ सय २६ मतदाता थप भएका हुन । मतदाता नामावली अध्यावधिक तथा दावी विरोधको क्रममा केहि संख्या घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकृत श्याम कुमार राईले बताउनु भयो ।

 

प्रतिनिध सभाको एक क्षेत्र रहेको डोल्पामा प्रदेश सभा भने दुई वटा निर्वाचन क्षेत्र रहेका छन । डोल्पामा ६६ वटा मतदान केन्द्र रहेका छन । यति बेला प्रतिनिधि सभाको एक क्षेत्र र प्रदेश सभाको दुई वटा क्षेत्रको लागि विभिन्न राजनितिक दलहरु आफ्ना मतदाता संख्या जोडघटाउ गर्न थालेका छन । दुई वटा प्रदेश सभा क्षेत्र रहेको डोल्पामा सवै भन्दा बढी प्रदेश ख निर्वाचन क्षेत्रमा मतदाता रहेका छन ।

 

ठुलीभेरी नगरपालिका, काईके गाउँपालिका,छार्काताङसोङ गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका रहेको प्रदेश निर्वाचन क्षेत्र (क) मा जम्मा मतदान केन्द्र  ३० वटा रहका छन । निर्वाचन कार्यालयको हाल सम्मको तथ्यांक अनुसार  प्रदेश (क) क्षेत्रमा जम्मा ९ हजार ६ सय ६१ मतदाता रहेका छन ।

यस्तै त्रिपुरासुन्दरी नगरपालिका,शे फोक्सुण्डो गाउँपालिका,जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका रहेको प्रदेश निर्वाचन क्षेत्र (ख) मा जम्मा मतदान केन्द्र ३६ वटा रहेका छन । प्रदेश (ख) निर्वाचन क्षेत्रमा जम्मा १३ हजार ३ सय ५ मतदाता संख्या रहेको छ । प्रदेश निर्वाचन क्षेत्र (क) भन्दा प्रदेश निर्वाचन क्षेत्र (ख) मा झण्डै ४ हजार मतदाता बढि रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस