डोल्पा – जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा जिल्लाका विभिन्न सरोकारवाला निकाय विच मतदाता नामावली अध्यावधिक विरोध कार्यक्रम २०७९ सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन शान्त तथा मर्यादित भयरहित तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ र मतादाता नामावली अध्यावधिक दावी विरोध सम्बन्धी विभिन्न निकाय विच छलफल भएको हो ।
अन्तरक्रिया कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका विभिन्न निकायका व्यक्तीहरुका अनुभव समस्याका बारेमा विशेष छलफल भएको थियो । जिल्ला समन्वय समिति प्रमुख, जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधि, जिल्लाका विभिन्न कार्यालयका प्रमुख सहभागी कार्यक्रममा आगामी निर्वाचन शान्त मर्यादित तरिकाले सम्पन्न गर्ने सवैले जोड दिएका छन ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मतादाता नामावली अध्यावधिक तथा दावी विरोध कार्यक्रम यहि भाद्र १२ गते देखि १६ गते सम्म संचालन हुने निमित्त जिल्ला निर्वाचन अधिकृत श्याम कुमार राई(सुमन)ले जानकारी दिनु भयो । आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश निर्वाचमा २२ हजार ९ सय ६६ मतादाता रहेता पनि यो अध्यावधिक तथा दावी विरोधको समयमा केहि संख्या घट्न सक्ने निमित्त निर्वाचन अधिकृत राईले बताउनु भयो ।
प्रतिनिधि सभाको निर्वाचन क्षेत्र एउटा र प्रदेश निर्वाचन क्षेत्र दुई वटा रहेको डोल्पा जिल्लामा ६६ वटा मतदान केन्द्र रहेका छन ।