डाेल्पा – नेकपा एमाले जिल्ला कमिटी डाेल्पाकाे चाैथाे बैठक सम्पन्न भएकाे छ । पार्टी अध्यक्ष शेर बहादुर बुढाकाे अध्यक्षतामा केन्द्रीय सदस्य तथा डाेल्पा ईन्चार्ज पद्मा क्वारा बाेहाेराकाे प्रमुख आतिथ्यतामा सदरमुकाम दुनै जिल्ला समन्वय समिति सभाहलमा बैठक सम्पन्न भएकाे हाे ।
नेकपा एमाले जिल्ला कमिटी डाेल्पाकाे चाैथाे बैठकले यहि भाद्र २५ गते भित्र पार्टीका सम्पूर्ण जिम्मेवार ब्यक्तिहरु गाउँगाउँ गएर साधारण सदस्यता नविकरण गर्ने,आगामी निर्वाचनलाई लक्षीत गरि डाेल्पाे प्रदेश क र प्रदेश ख मा प्रदेश निर्वाचन समन्वय कमिटी गर्ने, तत्कालीन एमाले नेतृत्वको सरकारले गरेका सकरात्मक कामहरुकाे जनमानसमा जानकारी गराउने, आगामी मंसिर ४ गते सम्पन हुने प्रदेश र संघको निर्वाचन नेकपा एमालेकाे पक्षमा बहुमत आउने गरि पार्टीको गतिविधि गर्ने छलफल भएकाे नेकपा एमाले डाेल्पाका पार्टी सचिव लंक बहादुर राेकायाले जानकारी दिनु भयाे । बैठकमा सहभागी विभिन्न भातृसंगठाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना संगठनका गतिविधिबारे प्रस्तुत गरेका सचिव राेकायाले बताउनु भयाे । यस्तै यहीँ ११ गते बस्ने केन्द्रीय स्थायी कमिटीको बैठककाे निर्देशन अनुसार अर्काे जिल्ला कमिटीको बैठकले संघ र प्रदेशका उम्मेदवार टुंगो लगाउने निर्णय भएकाे नेकपा एमाले डाेल्पाले जनाएको छ ।
प्रदेश निर्वाचन समन्वय कमिटी गठन –
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले डोल्पाको निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गरिएकाे छ । प्रदेश निर्वाचन क्षेत्र ( क ) काे संयोजकमा बिष्णु बहादुर रोकाया उपसंयोजकमा लोकेन्द्र राना र सचिवमा प्रिमा कुमारी शाहि सहित ३५ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र ( ख )काे संयोजकमा आङ बहादुर लामा उपसंयोजकमा चन्द्रा कुमारी बुढा र सचिवमा जग बहादुर बुढा सहित ३५ सदस्यीय प्रदेश निर्वाचन क्षेत्र ख समन्वय कमिटी गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनकाे लागि प्रदेश निर्वाचन क्षेत्र कमिटीले बिशेष खालकाे पार्टीको गतिविधि बढाउने बिश्वास रहेकाे नेकपा एमाले डाेल्पाका पार्टी अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयाे । आगामी निर्वाचनमा नेकपा एमाले डाेल्पा पार्टी भित्र बिबाद नगरि सबैकाे सल्लाह सहमतिमा प्रतिस्पर्धा गर्ने तयारी रहकाे पार्टी अध्यक्ष बुढाकाे भनाइ छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा डाेल्पा इन्चार्ज पद्मा क्वारा बाेहाेराले जिल्लाका नेता तथा कार्यक्रतालाई संघ र प्रदेश निर्वाचनकाे तयारीमा लाग्न निर्देशन दिनु भएकाे छ । चाैथाे जिल्ला कमिटीको बैठकमा सहभागी नेता कार्यक्रतालाई घरदैलाे कार्क्रम गर्न आग्रह गर्नु भएकाे हाे । कर्णाली प्रदेश सभा सदस्य समेत रहेकी बाेहाेराले समृद्ध नेपाल सुखी नेपालीको लागि नेकपा एमालेकाे सरकार आउनु पर्ने भएकाेले हालकाे गठबन्धनको परमादेशकाे सरकारले देश सखाप पारेकाे आराेप लगाउनु भयाे ।