नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं १ ख मा प्रमोद कुमार महतो सम्भावित उम्मेदवार

नेकपा एमालेको तर्फबाट महोत्तरी क्षेत्र नं १ को (ख) मा प्रमोद कुमार महतो सम्भावित उम्मेदवार रहेको छ । गौशाला नगरपालिका भन्टाबारी बस्ने महतो युवाहरुको पहिलो रोजाइ रहेको छ ।

क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं १ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको महतोको भनाई रहेको छ, यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् ।

आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको महतोले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस