डोल्पोबुद्ध र छार्काताङसोङमा स्टीम शिक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न

डोल्पा – डोल्पा जिल्लाको भोट क्षेत्रमा पर्ने डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिमा स्टीम शिक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । युरोपियन यूनियनको आर्थिक सहयोग, प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा उक्त दुई पालिका भित्रका जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधि गरि जम्मा ३२ जना सहभागीलाई स्टीम शिक्षा सम्बन्धी अभिमुखिकरण गरेको स्याक नेपाल डोल्पाका परियोजना प्रमुख सशी पाण्डेले जानकारी दिनु भयो । स्टीम शिक्षाको अभिमुखीकरणले सहभागीहरुको क्षमता विकास गर्नुको साथै अवको शिक्षा लाई कार्यन्वय गर्न सहज हुने विश्वास रहेको पाण्डेले बताउनु भयो । आगामी पुस्तालाई कसरी स्टीम शिक्षा मार्फत कसरी शिर्जानात्मक र खोजमुलक बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।

युरोपियन यूनियनको आर्थिक सहयोग, प्लान इन्टरनेश्नलको साझेदारीमा स्याक नेपालले डोल्पाका ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, काईके, शेफोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङसोङ गाउँपालिका भित्रका विभिन्न सामुदायीक विधालयहरुमा स्टीम अहेड कार्यक्रम अन्र्तगत विज्ञान,प्रविधि,ईन्जिनियरीङ,कला , गणित र डिजिटल शिक्षालाई जोड दिदै आईरहेको स्याक नेपालले जनाएको छ । .

 

प्रतिक्रिया दिनुहोस