माथिल्लो डोल्पाका शिक्षकहरुलाई STEAM शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तालिम

डोल्पा – हिमाली जिल्ला डोल्पाको माथिल्लो भेगमा रहेका विभिन्न स्थानीय तहका सामुदायीक विधालयहरुका शिक्षकहरुलाई STEAM शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तालिम दिईएको छ । दुर्गम क्षेत्रमा रहेको सामुदायीक विधालयहरुमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनको लागि युरोपियन यूनियनको आर्थिक सहयोगमा प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा स्टिम अहेड परियोजना अन्तरगत शिक्षकहरुलाई STEAM शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तालिम दिईएको हो ।

माथिल्लो डोल्पामा पर्ने शे फोक्सुण्डा गाउँपालिकाबाट २० जना, डोल्पोबुद्ध गाउँपालिकाबाट २४ जना र छार्काताङसोङ गाउँपालिकाबाट २० जना गरि जम्मा ६४ जना शिक्षक प्रतिनिधिहरुलाई STEAM शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तलिम दिईएको स्याक नेपाल डोल्पाको परियोजना प्रमुख सशी पाण्डेले बताउनु भयो । डोल्पा जस्तो हिमाली क्षेत्रमा रहेको सामुदायीक विधालयमा सहजै शिक्षण सिकाई सामाग्री उपलब्ध हुन नसक्ने समस्यालाई मध्यनजर गर्दै पाठ्यपुस्तकको पाठ्यक्रम अनुसार स्थानीय स्तरमा सहजै पाईने सामाग्रीहरुबाट शिक्षण सिकाई क्रियाकलापमा आवश्यक पर्ने सामाग्री निर्माणलाई तालिमले विशेष जोड दिएको पाण्डेले बताउनु भयो । STEAM कार्यक्रमले बिधालयमा डिजिटल शिक्षा कार्यक्रमलाई पनि जाेेड दिदै आईरहेकाे पाण्डेकाे भनाइ छ ।

प्लान इन्टरनेश्नल र स्याक नेपाल द्धारा संचालीत स्टिम अहेड परियोजनाले डोल्पाको शिक्षा क्षेत्रमा नयाँ आयम दिलाउन सफल भएकोले यस STEAM  शिक्षण सिकाई र सामाग्री निर्माण तालिम प्रभावकारी रहेको डोल्पोबुद्ध गाउँपालिका डोल्पाका उपाध्यक्ष पेम्मा गुरुङले बताउनु भयो । सामुदायीक विधालयमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षण सिकाई र सामाग्री निर्माण सम्बन्धी तालिम आगामी दिनहरुमा गाउँपालिकाको तर्फबाट पनि संचालन गर्ने उपाध्यक्ष गुरुङले बताउनु भएको छ ।

डोल्पाका हिमाली भेगमा रहेको सामुदयिक विधालय सुचना र सड्क सञ्जाल देखि टाढा रहेको र बिकट स्थानमा रहेकोले शिक्षण सिकाई सामाग्रीहरु सहजै पुर्याउन कठिन हुने गर्दछ । सड्क सञ्जालले छोएको स्थान देखि उपल्लो डोल्पाका प्रायः जस्तो सामुदायीक विधालयहरुमा पुग्न एक हप्ता दिन भन्दा बढी पैदल हिड्नु पर्ने हुन्छ । प्रायः समयमा हिमपात हुने हिमाली भुभाग भएको कारण शिक्षक तथा विधार्थीलाई हरेक समस्या देखा पर्ने गर्दछ । अप्पर डोल्पाका कतिपय सामुदायीक विधालय बैशाख महिना देख कार्तिक मसान्त सम्म मात्र संचालन हुने गर्दछन । शिक्षक पुग्नै कठिन हुने ठाउँमा यस्ता किसिमका तालिम तथा गोष्ठी पटकपटक गर्नुले शिक्षकलाई थप उर्जा मिल्ने तालिममा सहभागी शिक्षकहरुले बताएका छन ।           

प्रतिक्रिया दिनुहोस