डाेल्पामा एकल महिलालाइ वडा अध्यक्षहरुले दिए राहात, उपचार पनि गरिदिने बाचा 

डाेल्पा – ठुलीभेरी नगरपालिकाका ५ जना वडा अध्यक्षले एकल मिहिलालाइ राहात प्रदान गरेका छन । नगरपालिकाका वडा नम्बर १,२,३,४ र ११ का वडा अध्यक्षहरुले सँयूक्त खर्चमा राहात दिएका हुन । बिहिबार ठुलीभेरी नगरपालिका ३ दुनैमा दशकौदेखी टहरामा बस्दै आएकी सिता कुमारी मल्ल र लक्ष्मी कुमारी मल्ल ठकुरीलाइ करिब ११ हजार बराबरको खाद्यान्न र दैनीक उपभोग्य सामाग्री हस्तानत्रण गरेको वडा नम्मर २ का अध्यक्ष कमल बहादुर क्षेत्रिले जानकारी दिए ।

उनको दुनैमा घर पनि छैन रुकुम घर भएकी दुई आमा छोरी करिब २०४० साल देखी नै दुनैमा बस्दै आएकी छिन । पहिला आफन्तकहा बस्दै आएको भएपनि हाल मल्ल आमाछोरी जिल्ला समन्वय र स्वास्थ्य कार्यालयको बिचमा सरकारी जग्गामा टहरा बनाएर बस्दै आएकी छिन । बृद्ध आमा सिताले बिरामी छोरी लक्ष्मीको स्याहार गर्दै आएकी छिन । साघुरो टहरामा आमाछोरी दिन कटाउदै आएकी छिन ।

यो भन्दा पहिला पनि नागरिक समाजले उनीहरुको उपचारको लागि खर्च र खाद्यान्न समेत ब्यवस्थापन गरेको थियो । हाल स्थानीय सरकार आएपछि टहरामा बस्दै आएकी मल्ल आमाछोरीलाइ बिहिबार सहायक प्रमुख जिल्ला अधिकारीको रोहवरमा राहात प्रदान वडा अध्यक्षहरुले गरे । उनको उपचारको लागि सकेको सहयोग गर्ने वडा नम्बर १ का अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बिश्वास दिलाए । त्यसैगरि वडा नम्बर ३ का अध्यक्ष भक्त भण्डारीले भने सरकारले प्रदान गर्ने एकल महिलाको भत्ताको लागि पहल गर्नेछु दुख हुने छैन हामी सकेको सहयोग गर्नेछौ भन्दै आश्वासन दिए ।

सिता मल्लले ठुलीभेरी नगरपालिका ३ कै माथिल्लो दुनैमा बिहे गरेको र पछि सम्बन्ध बिच्छेद गरेपछि उनि एक्लै बस्दै आएकी हुन । उनको नामको जग्गापनि रहेको आफन्तहरु बताउछन तर पनि उनिहरु सरकारी जग्गामा रहेको टिनको टहरामा बस्दै आएकीछन । स्थानीय सरकारले राहात भन्दा पनि स्थायी बसोवासको लागि पहल गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस