डोल्पाको दुनै बोर्डिङ स्कुलले २९ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनायो

डोल्पा – डोल्पाको सदरमुकाम दुनैमा रहेको निजि क्षेत्रको पहिलो विधालय दुनै बोर्डिङ स्कुलले २९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको निजि क्षेत्रको उक्त विधालयले डोल्पामा विभिन्न उच्च तह सम्म पुगेका शिक्षित व्यक्तीत्वहरु उत्पादन गरेको छ ।

डोल्पाको एक मात्र माध्यामिक तह सम्म संचालीत निजि क्षेत्रको दुनै बोर्डिङ स्कुलले २९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बालबालिकाहरुले विभिन्न सांस्कृतिक तथा जनचेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विधालयले बार्षिकोत्सवको अवसरमा कक्षा उतिर्ण गर्ने विभिन्न श्रेणीका बालबालिकाहरुलाई अभिभावकको उपस्थितीमा पुरस्कार वितरण गरेको छ ।
डोल्पा जस्तो हिमाली दुर्गम जिल्लामा निजि क्षेत्रको विधालयले राम्रो जनशक्ती उत्पादन गर्दै आएकोले खुसी व्यक्त गर्दै आगामी दिनमा अझै नमुना बनाउन प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रममा सहभागी विभिन्न निकायका व्यक्तीत्वहरुले शुभकामना व्यक्त गरेका थिए ।

दुनै बोर्डिङ स्कुल व्यापारीक नभएर पवित्र शैक्षिक थलोको रुपमा स्थापीत भएकोले आगामी दिनमा विभिन्न प्राविधिक ज्ञान संगैँ सुविधा सम्पन्न तरिकाले पठनपाठन गर्ने उदेश्य रहेको दुनै बोर्डिङ स्कुलका प्रिन्सीपल लोकेन्द्र जैसीले बताउनु भयो । हाल सम्म विहाना देखि वेलुका सम्म विभिन्न चरणमा धमाधम पठनपाठन भैरहेको जैसीको भनाई छ ।

दुनै बोर्डिङ स्कुलबाट अध्ययनको सुरुवात गरि हाल धेरै जना डाक्टर,ईन्जीनियर, लगाएत विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेको विधार्थी देख्दा आत्मसन्तुष्टी हुने दुनै बोर्डिङ स्कुलका संचालक समितिका अध्यक्ष चाद हमालले बताउनु भयो । विधालयलाई आगामी दिनमा थप व्यवस्थीत ढंगबाट पठनपाठन गर्दै लैजाने योजना रहेको हमालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस