डोल्पामा आ.व ७८/७९ मा १४ सय ६९ सवारी साधन कारबाहीमा, १३ लाख बढी राजश्व संकलन

डोल्पा, १ भदौ । हिमाली जिल्ला डोल्पामा सञ्चालित आ.ब. २०७८/७९ मा १ हजार ४ सय ६९ सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला भित्रका विभिन्न सडकहरुमा ट्राफिक नियम विपरीत संचालन भएको ठूला तथा साना सवारी साधनलाई कारबाही गरिएको हो ।

आ.ब. २०७८/७९ मा सवारी साधान कारबाहीबाट संकलित जम्मा १३ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भई जम्मा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार आ.व.७८/७९ मा ट्रक जम्मा १५ वटा, जिप कार ३९३ वटा, ट्याक्टर ६९० वटा, मोटरसाईकल ३७१ वटा गरि आर्थिक बर्ष भरी जम्मा १,४६९ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेका ट्रकबाट १४ हजार, जिप कार बाट ३ लाख ५६ हजार, ट्याक्टर बाट ६ लाख ६५ हजार ५ सय, मोटरसाईकल बाट ३ लाख ७ हजार राजश्व संकलन भएको जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाल जनाएको छ ।

आ.व.७८/७९ मा डोल्पामा ६ वटा सवारी साधन दुर्घटना भएका छन । यस आ.व भित्र जिल्लाका विभिन्न ठाउँहरुमा जिप ३ वटा, मोटरसाईकलन १ वटा, ट्याक्टर २ वटा गरी जम्मा ६ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यस आर्थिक वर्ष भित्र २ जना पुरुषले सवारी दुर्घनाबाट ज्यान गुमाएका छन् भने महिला २ जना र पुरुष १४ जना गरी जम्मा १६ जना घाईते भएका छन । जिल्लामा सवारी दुर्घटना हुनुको कारण सडकको अवस्था र खराब यान्त्रीकरणले गर्दा धेरै जस्तो दुर्घटना भएको पाईएको कार्यालयल जनाएको छ ।

यस आ.व मा जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाले ९२ वटा टफिक जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । सवारी दुर्घना न्यूनिकरण सम्बन्धी सामुदायीक विधालयहरुमा,चालक सहचालक तथा यात्रुहरु, पैदल यात्रुहरुलाई विभिन्न जनचेतना मुलक सन्देशहरुका बारेमा जानकारी गरेको जनाईएको छ । यस्तै जिल्लाको ४ वटा स्थानमा टफिक संकेतहरु राखिएको जिल्ला टफिक प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस