गैर गौरका पूर्व मेयरसहित झण्डौ ६ हजार कार्यकर्ता एमाले प्रवेश

काठमाडौं । इता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका केन्द्रीय महासचिब तथा गौर नगरपालिकाको पूर्वमेयर अजयकुमार गुप्ताको नेतृत्वमा झण्डै ६ हजार नेता–कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

गौरमा सोमका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले गुप्ता नेतृत्वको टोलीलाई एमाले भित्र्याएका हुन । कार्यक्रममा बोल्दै गुप्ताले आफनो २६ बर्षीय मधेशको राजनीति आजबाट फेरेको बताए ।

अन्य पार्टीहरु भन्दा नेकपा एमालेको देश बनाउने अभियान आफुलाई चित्त बुझेको कारण एमालेमा प्रवेश गरेको गुप्ताले बताए । गुप्तासहित लोसपाबाट संविधान सभा सदस्य चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरीसहित सातै हजार कार्यत्रता नेता कार्यकर्ताहरु सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको नेकपा एमाले रौतहट जिल्ला कमिटी अध्यक्ष अमर साहले बताए ।

विकास प्रेमी युवा नेता प्रभु साहको निरन्तर पहलमा रौतहटलगायत मधेश प्रदेशमा विभिन्न जिल्लामा एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन देखि हालसम्म निरन्तर भारी मतले जित हासिल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस