रेणु बिरुद्ध भुईकटहर लिएर उत्रिएका काँग्रेसी प्रचण्ड बिरुद्ध पनि चुनावमा उत्रने

चितवन । गत स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन भएपछि काँग्रेसको असन्तुष्ट समुहले भुईकटहर चुनाव चिन्ह लिएर मेयर रेणु दाहाल बिरुद्ध उम्मेद्धारी दिएको थियो । त्यो बेला जगन्नाथ पौडेल काँग्रेसको शीर्ष नेतृत्वले भेटेर अपील गर्दा पनि पछि हट्न नमानेपछि कार्बाहीमा परेका थिए ।

यस पटक चितवन क्षेत्र नं ३ मा पनि काँग्रेसको असन्तुष्ट पक्षले प्रचण्ड बिरुद्ध उम्मेद्धारी खडा गर्ने घोषणा गरेका छन् ।

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

यो समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफू एक्लै भएपनि चुनावमा उम्मेदवार बन्न तयार रहेको घोषणा गरे ।

त्याहाँ भेला भएका अन्य असन्तुष्ट नेताहरुले पनि काँग्रेसले सँधै वामपन्थीको लौरो टेकेर हिँड्ने हो ? भन्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस