लमहीमा अजिङ्गरकाे सकुशल उद्दार , सुरक्षित बासस्थानमा छाडियाे

देउखुरी । लमहीमा अजिङ्गरको उद्दार गरिएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी गाउँबाट अजिङ्गरको उद्दार गरिएको हो ।

डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका फरेष्टर एवम् वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले अजिङ्गरकाे सकुशल उद्दार गर्नुभएको हाे ।

सुन्डबरी निवासी निर्मला आचार्यकाे घर नजिकै शनिबार विहान करिब ६ बजे मकै बारिबाट अजिङ्गर उद्दार गरिएको फरेष्टर खनालले जानकारी दिनुभयो ।

करिब ३ मिटर भन्दा लम्वाई रहेको अजिङ्गरकाे ताैल भने १३ किलो रहेको बताइएको छ । उक्त अजिङ्गरलाई सकुशल उद्दार गरि सुरक्षित बासस्थानमा छाडिएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका फरेष्टर एवम् वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस