सरकारले उपलब्ध गराई रहेको दैनिक १५ रुपैयाको खाजा कार्यक्रममा थप गरि पश्चिम दाङको बिद्यालयमा ७२ रुपैया ३० पैसा उपलब्ध गराउन सुरु गरिएको छ । चाईना फाउण्डेसनको सहयोग र बेस नेपालको आयोजनामा माध्यामिक बिद्यालय शान्तिनगर तुलसीपुरबाट मस्कुराई रहेका बालबालिका खाजा कार्यक्रम बुधबारदेखि शुरु गरिएको बेस संस्थाका कार्यक्रम निर्देशक पिंकी डाङीले जानकारी दिनुभयो ।
नेपाल सरकार सामुदायिक बिद्यालयका बालबालिकाहरुलाई केही समयदेखि दैनिक १५ रुपैया बराबरको खाजा कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त रकममा थप गरि पोसीलो खाजा खानामा सहयोग मिल्ने उदेश्यले प्रति बालबालिका ५७ रुपैया ३० पैसा थप गरि ७२ रुपैया ३० पैसा बराबर बितरण गर्न शुरु गरिएको बेसका कार्यकारि निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिनुभयो ।
चाईना फाउण्डेसन मेडम जोउले दाङका तुलसीपुर उपमहानगरपालिकाका ५ वटा बिद्यालय,दङगीशरण गाँउपालिकाका २ वटा र शान्तिनगर गाँउपालिकाका ३ वटा सामुदायिक बिद्यालयमा यो कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका लागि ५ करोड बजेटमा दाङका १० वटा बिद्यालयका ११ सय ९० जना बालबालिकाले पौष्टिक खाजा खान पाउने छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता एवम गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्य र पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीको बिशिष्ट आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।