दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बहुमतका बलमा अर्थमन्त्री जनार्दशन शर्मालाई चोख्याउने काम गरेको बताउनुभयो।
आफ्नो स्वार्थका लागि जे पनि सौदाबाजी गर्न तयार हुने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अपराधलाई ढाकछोप गर्न अर्थमन्त्री शर्मालाई चोख्याएको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रचण्ड र देउवाको नजरमा चोखिए पनि जनार्दन शर्माले जनताको नजरमा गम्भिर अपराध गरेको बताउनुभयो ।
‘गठबन्धन सरकारले ल्याएको बजेटमा निश्चि व्यापारीक घरनाका व्यक्तिको अनुहार देखिएको छ । यो बजेट जनताको हित र कल्याणमा छैन । अबाञ्छित व्यक्तीलाई प्रयोग गरेर व्यापारीको हितकालागि राजश्वमा करका दायर हेरफेर गर्नु सर्बाधिक अनुचित गैर जिम्मेवार कृयाकलाप भएको छ । बहुमतको आडमा अपराधलाई उनमुक्ती दिने काम गरिएको छ । प्रचण्ड र देउवाको नजरमा जनार्दन जी चोखिए पनि जनताको नजरमा अपराध गरेका छन् ।’महासचिव पोखरेलले भन्नुभयो ।
शान्पिूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव माथि पक्राउ पुर्जी जारी गर्नु सरकारको गलत कार्य भएको टिप्पणी गर्नुभयो । चौतारीका अध्यक्ष इन्द्र विवश डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष प्रेम राम्जाले गर्नुभएको थियो ।