दङ्गिशरण । नेकपा एमाले दङ्गिशरण गाउँ कमिटीको आयोजनामा आज बिहीबार पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एमाले दङ्गिशरण गाउँकमिटी अध्यक्ष रेशम वलीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य घनश्याम पाण्डे, प्रदेश कमिटी उप-सचिव कृष्ण भुसाल, प्रदेश सदस्य विनोद शर्मा, जिल्ला सदस्य भागीराम चौधरी, एम एन शाह लगायत , गाँउ कमिटी पदाधिकारी तथा सदस्यहरू, एमाले भातृ संस्थाका नेताहरु, वडा कमिटी पदाधिकारी, गाँउ सल्लाकारपरीषद साथै नेकपा एमाले दङ्गशरिका अग्रज नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिका ७ वटै वडाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । एमालेले आगामी दिनमा खेल्नुपर्ने भूमिका, अब हुने चुनाव लगायत विषयमा प्रशिक्षण दिइएकाे एमाले दङ्गिशरण गाउँकमिटीले जनाएकाे छ ।