युवती प्रयोगगरी सात लाख फिरौती माग्ने गिरोह पक्राउ

दाङ । युवती प्रयोग गरी अपहरण गरेर फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका वडा नम्वर ३ का२७ बर्षिय केशवकुमार विकलाई बन्दक बनाएर सात लाख रूपैयाँ फिरौती मागेको आरोपमा दाङको बबई ४ ३५ बर्षिय लिला विक, ३५ बर्षिय नेवबहादुर घर्ती(मार्सल), तुलसीपुर उममहानर ४ खाद्रेका २५ बर्षिय सुक्लाल विक,कपिलवस्तुको शिवराज नगरपालिकावडा नम्बर ९ का २० बर्षिय मनोज थारु र युठान गौमुखि ७ घर भई हाल तुलसीपुर ६ बस्ने २४ बर्षिय जनक कुँवर र तुलसीपुर ७ की २६बर्षिया निर्मला विक पक्राउ परेका छन् । कुवँर गाडी चालक हुन् । पक्राउ परेका मध्ये ५ जना सल्यान रोडको युवम होटेलाट पक्राउपरेका हुन भने निर्मलालाई प्रहरीले उनकै घर नजिकबाट पक्राउ परेको हो । प्रहरीले अपहरणमा प्रयोग गरिएको बागमति प्रदेश०१–०२५च८७२९ नम्बरको गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार लिला,मार्सल र सुक्लालले निर्मलालाई प्रयोगगरी बुटवलमा साउन ९ गते भेटेर अपरहणगरी तुलसीपुर ल्याएर युवमहोटेलमा बन्धक बनाई सात लाख रूपैँया मागेका थिए । उनीहरूले सात लाख नदिए जेपनि हुने धम्कि दिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार अपरहणमा परेका केशवले आफुलाई दाङको तुलसीपुरस्थित स्थित युवम होटेलमा अपहरण पश्चात् बन्धकबनाएकाले प्रहरीलाई गरिदिन श्रीमतीलाइ लुकेर म्यासेज गरेका थिए । अपरहरणमा परेको खबर पाउने बित्तिकै डीएसपी अर्यालकोकमाण्डमा गएको प्रहरीले अपहरित केशवको उद्वारगरी अपहरणमा संलग्नलाई आज बेलुकी नियन्त्रणमा लिएको हो । उनीहरूलाईअपहरण तथा शरीर बन्धकको कसुरमा मुद्वा चलाइने डीएसपी अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस